
खड़गपुर, 29 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता दिलीप घोषले बुधवार भने, यदि कुनै व्यक्तिले एनआरसीको डरले आत्महत्या गर्छ भने त्यसको जिम्मेवार मुख्मन्त्री ममता ब्यनर्जी हुनेछन्। खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै घोषले आरोप लगाए, ममता ब्यनर्जीको राजनीति झुटो बोल्ने र मानिसहरूलाई भड़्काउनेमाथि आधारित छ।
दिलीप घोषले भने, “ममता ब्यनर्जीले हरेक चीजलाई उल्टो पेश गर्दछन्। उनले जनताबीच एनआरसीलाई लिएर डर फैलाएकी छन्। यो मामिला सीएए र एसआईआरसित जोड़िएको थियो, एनआरसीसित होइन। यदि कसैले यसको डरले आत्महत्या गरे त्यसको सम्पूर्ण जिम्मेवारी ममता ब्यनर्जीमाथि हुनेछ। उनको झुटो वाचामाथि अब जनताले विश्वास गर्ने छैनन्।”
एसआईआरको दोस्रो चरणमा टिप्पणी गर्दै घोषले भने, “ममता ब्यनर्जीका भतिज अभिषेक ब्यनर्जी झुट बोल्नमा ममताभन्दा अगाड़ि छन्। उनले अब नयाँ बहाना बनाएर आफूलाई नायक साबित गर्ने प्रयास गरिरहेका छन्। कंग्रेस शासनकालमा यो (एसआईआर) दश पटक भएको थियो। अभिषेक ब्यनर्जीले जे भन्छन्, त्यसको कुनै अर्थ छैन।”
जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरको दुई वटा भोटर कार्ड मामिलामा प्रतिक्रिया व्यक्त गर्दै घोषले भने, “प्रशान्त किशोर जसले देशलाई संविधान अनि कानूनको पाठ पढ़ाउँछन्, स्वयं अनैतिक कार्यहरूमा लिप्त छन्। तृणमूल कंग्रेसबाट व्यवसायिक लाभ हत्याको लागि मात्र उनी बंगालमा आएका थिए, तर अब उनी समस्यामा फसेका छन्। उनले ठूल्ठूलो भाषण दिन्छन्, तर संविधान विपरीत काम गर्छन्। यो देशको लागि दुर्भाग्यको कुरा हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा