मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् जगद्धात्री पूजाको शुभकामना
मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् जगद्धात्री पूजाको शुभकामना


कोलकाता, 29 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार राज्यवासीहरूलाई जगद्धात्री पूजाको हार्दिक शुभकामना दिइन्। ममताले सोशल मीडिया एक्सको पोस्टमा लेखिन्, सबैलाई जगद्धात्री पूजाको आन्तरिक शुभेच्छा।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा राज्यमा शान्ति, सौहार्द एवं समरसतालाई कायम राख्ने अपील गर्दै भनिन्, यो पर्व बंगालको समृद्ध सांस्कृतिक परम्परा अनि आस्थाको प्रतीक हो। यस अतिरिक्त उनले यस पर्वको माध्यमबाट एकता तथा सामुदायिक सद्बावको सन्देश पनि दिएकी छन् जसले बंगालको आध्यात्मिक एवं सांस्कृतिक धरोहरलाई नयाँ उचाईँमा पुऱ्याउँछ।

जगद्धात्री पूजालाई बंगालमा “माँ जगद्धात्री”- को पूजनको रूपमा मनाइन्छ जसलाई जगतको धारक अर्थात संसारको रक्षक मानिन्छ। यो पूजा कार्तिक महिनाको शुक्ल नवमी तिथिमा हुन्छ। यसलाई विशेष रूपमा हुगली जिल्लाका चन्दननगर, रिषड़ा तथा नदियाको कृष्णनगरमा धुमधामले मनाइन्छ। दुर्गा पूजा र काली पूजा पश्चात यो बंगालको सबैभन्दा महत्वपूर्ण धार्मिक उत्सवहरूमध्ये एक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande