आन्ध्र तटमा पुग्न अगावै दुर्बल भयो ‘मान्था’, बंगालको मौसम खराब
आन्ध्र तटमा पुग्न अगावै दुर्बल भयो ‘मान्था’, बंगालको मौसम खराब


कोलकाता, 29 अक्टोबर (हि. स.)। चक्रवात ‘मान्था’ आन्ध्रप्रदेश तटमा ल्याण्डफल हुन अगावै कमजोर भइसकेको छ, तर यसको प्रभावले ओडिशा र पश्चिम बंगालका तटीय जिल्लाहरूको मौसम अहिले पनि अत्यन्त खराब अवस्थामा छ।

पूर्व मेदिनीपुर जिल्लामा गए मंगलवारदेखि नै अविरल वर्षा तथा तीव्र हावा चलिरहेको छ। मंगलवार रातीदेखि नै परिरहेको पानीले गर्दा बुधवार बिहानदेखि दिघाको दृश्य लगभग सुनसान देखिएको छ। प्रशासनद्वारा समुद्रमा स्नान वा नाविक गतिविधिहरूमाथि पूर्ण रूपले रोक लगाइएको छ भने लगातार माइकिंगको माध्यमबाट पर्यटकहरूलाई सतर्क गराइँदैछ।

दिघा-शंकरपुर विकास प्राधिकरणको पक्षबाट बुधवार बिहानदेखिकै माइकिँग गरिँदैछ ताकि पर्यटकहरू समुद्रको छेउमा नजाउन्। सिभिक भोलन्टियर र नुलिया कर्मीहरूले समुद्र तटमा कड़ा निगरानी राखिरहेका छन्। कुनै पनि व्यक्तिलाई पानीको नजिकमा पुग्नसाथ सिटी फुकेर रोकिँदैछ साथै भोलन्टियरहरू तत्कालै घटनास्थलमा पुगिरहेका छन्।

मौसमको प्रतिकूलताको कारणले अधिकांश होटलहरू खाली भएका छन्। दिघाका एकजना होटल व्यवसायीले बताए, मंगलवारदेखि नैै वर्षाको सिलसिला जारी छ। अचानक वर्षा अनि तीव्र हावा चल्न थालेपछि पर्यटकहरू कोठाभित्रै समय व्यतित गरिरहेका छन्। तथापि अपरान्हपछि मौसममा सुधार आएपछि केही पर्यटकहरूलाई घुमिरहेको देखियो।

दिघा-शंकरपुर विकास प्राधिकरणका कार्यकारी अधिकारी नीलाञ्जन मण्डलले बताए, हामी लगातार सतर्क छौं। पर्यटक र मछुआराहरूको सुरक्षा हाम्रो प्राथमिकता हो। माइकिंगको माध्यमबाट लगातार चेताउनी दिइँदैछ। समुद्र तटमा पनि निगरानी गरिँदैछ।

मौसम विभागले चेताउनी दिएको छ, बिहीवारसम्ममा यस्तै प्रतिकूल मौसम यथावत रहनसक्छ। यसबीच ज्वार आए समुद्रको जलस्तर अझ बढ़्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande