शिमलाको 135 वर्ष पुरानो लजमा भयंकर आगलागी, केही महिना अगाड़ि भएको थियो फिल्मको शुटिंग
शिमलाको 135 वर्ष पुरानो लजमा भयंकर आगलागी, केही महिना अगाड़ि भएको थियो फिल्मको शुटिंग


शिमला, 29 अक्टोबर (हि.स.)। राजधानी शिमलाकोछोटा शिमला क्षेत्रमाबुधवार बिहान भएको भयानक आगलागीको घटनामा 135 वर्ष पुरानो ऐतिहासिक डिम्पल लज जलेर खरानी भयो। यो दुई तले काठको भवनमा लगभग दश वटा कोठाहरू थिए। आगो द्रूत गतिमा फैलियो जसले गर्दा क्षणभरमै सम्पूर्ण लज जलेर स्वाहा भयो। तथापि राहतको कुरा के छ भने आगलागी हुँदा लजमा कोही पनि थिएन जसले गर्दा मानवीय क्षति भएन।

आगलागी हुनसाथ स्थानीय मानिसहरू र भवनका केयरटेकरले तत्कालै दमकल विभाग अनि प्रशासनलाई सूचित गरे। फायर ब्रिगेडको टीमले घटनास्थलमा पुगेर आगोलाई निभाउन शुरू गऱ्यो। लगभग आधा दर्जन दमकल वाहन आगोलाई निभाउन जुटेको भए पनि काठले बनिएको पुरानो ढाँचामा आगो तीव्र गतिमा फैलिेको कारणले यसलाई पूर्णरूपले जल्नदेखि बचाउन सकिएन। लगभग डेढ़ घण्टा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। घटनाको सूचना पाउनसाथ पुलिस तथा प्रशासनिक अधिकारीहरू पनि घटनास्थलमा पुगे।

एडीएम शिमला ज्योति राणाले बताइन्, आगोमा ठूलो क्षति भएको छ। सम्पूर्ण भवन अनि त्यसमा राखिएका सबै सामग्रीहरू खरानी भएको छ। हाल आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। प्रारम्भिक अनुमानमा शर्ट सर्किट नै आगलागीको कारण हुनसक्छ, तर प्रशासनिक टीमले यसको पुष्टि जाँच रिपोर्ट आएपछि मात्र गर्नेछ।

डिम्पल लजलाई शिमलाको एक ऐतिहासिक भवन मानिन्थ्यो जसलाई अंग्रेज कालमा बनाइएको थियो। काठबाट निर्मित यस सुन्दर ढाँचाको स्थापत्यले ब्रिटिश कालको सम्झना गराउँथ्यो। केही दिनअघि मात्र यसै भवनमा बलीवुड फिल्म‘दादी की शादी’-कोशुटिंगभएको थियो जसमा प्रख्यात अभिनेत्री नितु सिंह र कमेडियन कपिल शर्माले मुख् भूमिका निर्वाह गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande