
भुवनेश्वर, 29 अक्टोबर (हि.स.)। मुम्बईमा आयोजित भारत मेरीटाइम वीक- 2025 को अवसरमा ओडिशा सरकारले दिगो एवं एकीकृत परिवहन विकासको आफ्नो दूरदर्शी दृष्टिकोणलाई प्रस्तुत गऱ्यो। कार्यक्रममा “नेविगेटिंग ग्रोथ: इनल्याण्ड वाटरवेज इन द फोरफ्रण्ट अफ फ्यूचर ट्रान्सपोर्ट एण्ड लजिस्टिक्स” विषयमा आयोजित उच्चस्तरीय प्यानल चर्चामा उषा पाढी, प्रमुख सचिव (आवास एवं शहरी विकास तथा वाणिज्य एवं परिवहन विभाग)-ले राज्यको अन्तर्देशीय औ तटीय जलमार्ग सम्पर्कलाई सुदृढ़ बनाउने पहलहरूलाई रेखांकित गरिन्।
वाणिज्य एवं परिवहन विभागद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सत्रमा भारतको अन्तर्देशीय जलमार्गहरूको पुनरुद्धार औ आधुनिकीकरणमाथि चर्चा भयो ताकि त्यसलाई कम लागत, दक्ष एवं पर्यावरण अनुकूल माल परिवहन माध्यमको रूपमा विकसित गर्न सकियोस्। चर्चामा तटीय–अन्तर्देशीय सम्पर्क, मल्टीमोडल एकीकरण, लंग-हल कार्गो मुभमेन्ट एवं लागत प्रतिस्पर्धात्मकता जस्ता विषयहरूाथि विशेष विचार विमर्श गरियो।
उषा पाढीले ओडिशाको नीलो समुद्री पूर्धावार विकास तथा मल्टीमोडल लजिस्टिक्स हब्सको स्थापनाहेतू राज्यको रणनीतिक रूपरेखा साझा गरिन् जसले बन्दरगाह,नदी तथा औद्योगिक कलस्टरहरूलाई आपस्तमा जोड़्नेछ। उनले राज्य सरकारको पब्लिक–प्राइभेट पार्टनरशिप स्मार्ट लजिस्टिक्स समाधान औ ग्रीन ट्रान्सपोर्ट पहलमाथि बल दिइन् जुन सर्कुलर इकोनमी तथा दिगो विकास लक्ष्यहरूको सिद्धान्त अनुरूप छ।
आफ्नो समापन सम्बोधनमा उषा पाढीले भनिन्, ओडिशाका नदीहरू तथा तटीय क्षेत्रहरू शताब्दिऔंदेखिको वाणिज्य एवं संस्कृतिको जीवनरेखा रहिआएका छन्। राज्य अब यस गौरवशाली धरोहरलाई आधुनिक तथा दिगो जलमार्ग पूर्वाधारको माध्यमबाट पुनर्जीवनत गर्नको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा