राजस्थानमा चक्रवातको प्रभावले वर्षा, भीलवाड़ामा पारा 20डिग्रीदेखि तल
राजस्थानमा चक्रवातको प्रभावले वर्षा, भीलवाड़ामा पारा 20डिग्रीदेखि तल


जयपुर, 29 अक्टोबर (हि.स.)। अरब सागर र बंगालको खाड़ीमा विकसित चक्रवाती तन्त्रको प्रभावले राजस्थानमा बितेको दुई दिनदेखिको लगातार पानी परिरहेको छ। बुधवार पनि प्रदेशका एघार वटा जिल्लाहरूमा वर्षाको यल्लो अलर्ट जारी गरिएको छ। गए मंगलवार कतिपय जिल्लाहरूमा पाँच इञ्चसम्म वर्षा भयो जसबाट नदी-नालाको जलस्तर बढ़ेर माथि पुग्यो साथै मौसममा जाड़ो घोलियो। मंगलवार जयपुर, अजमेर, बिकानेर, भरतपुर, उदयपुर औ कोटा सम्भागका अधिकांश जिल्लाहरूमा दिनभरि नै बादल छाउनको साथै चिसो हावा बगिरह्यो। अपरान्हपछि हल्का शीत लहरको अनुभूति भयो। यी जिल्लाहरूमा अधिकतम तापमान 20- 30 डिग्री सेल्सियसबीच रह्यो। यस वर्षाबाट सबैभन्दा अधिक भीलवाड़ जिल्ला प्रभावित भएको देख्न पाइयो जहाँ दिउँसो अधिकतम तापमान केवल 19.6 डिग्री सेल्सियस मापन गरियो।

यो अहिलेसम्मको सीजनको सबैभन्दा चिसो दिन रह्यो। आश्चर्यको कुरा के भयो भने भीलवाड़मा दिनको तापमान कतिपय जिल्लाहरू जस्तै बाड़मेर, जोधपुर, बिकानेर, डूगरपुर, जालोर, प्रतापगढ़ र झुञ्झुनूंको रातको न्यूनतम तापमानभन्दा कम रह्यो। अर्थात भीलवाड़मा दिउँसै चिसो भयो जति अन्य स्थानहरूमा राति पनि थिएन। मौसम केन्द्र जयपुर औ जल संसाधन विभाग अनुसार मंगलवार सबैभन्दा अधिक वर्षा नैणवामा 130 मिलीमीटर (लगभग पाँच इञ्च) भयो। यस अतिरिक्त भीलवाड़ा, चित्तौड़गढ़, डुंगरपुर, झालावाड़, कोटा, उदयपुर, प्रतापगढ़, बाराँ तथा बांसवाड़ामा पनि 3-4 इञ्चसम्म पानी पऱ्यो। मौसम विभाग अनुसार 30 अक्टोबरको साँझदेखि वर्षाको गतिविधि बिस्तारै कम हुँदै जानेछ अनि आकाश सफा हुन शुरू हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande