‘मान्था’- को प्रभावले बंगालका दक्षिणी जिल्लाहरूमा वर्षा
‘मान्था’- को प्रभावले बंगालका दक्षिणी जिल्लाहरूमा वर्षा


कोलकाता, 29 अक्टोबर (हि.स.)। प्रबल चक्रवात ‘मान्था’ बुधवार भोर बिहान कमजोर भएपनि यसको प्रभाव पश्चिम बंगालमा अहिले पनि जारी छ। गए मंगलवार अबेर राति यो तूफान आन्ध्रप्रदेशको उत्तर-पश्चिम तटसित ठोक्किएपछि वर्षाजनित कारणहरूले राज्यमा एक जना व्यक्तिको मृत्यु भयो। तूफान दुर्बल भए पनि यसको प्रभावले बुधवार बिहानदेखि कोलकाता र दक्षिण बंगालका धेरैवटा जिल्लाहरूमा निरन्तर पानी परिरहेको छ।

मौसम विभाग अनुसार ‘मान्था’ आगामी 6 घण्टामा अझ् दुर्बल भएर गहिरो निम्न दबाव क्षेत्रमा परिणत हुनेछ। तर यसले गर्दा दक्षिण 24 परगना, पूर्व औ पश्चिम मिदनापुर, झाड़ग्राम समेत दक्षिण बंगालका सबै जिल्लाहरूमा आज वज्रपात, मेघ गर्जन तथा तीव्र हावासितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

राज्यमा यल्लो अलर्ट जारी गरिएको छ। मौसम विभागले बतायो, कतिपय स्थानमा भारी वर्षा (7-देखि 11 सेन्टीमीटरसम्म) हुनसक्छ। यता उत्तर बंगालका जिल्लाहरू क्रमैले जलपाईगुड़ी, उत्तर र दक्षिण दिनाजपुर, मालदामा पनि अति भारी वर्षा हुने पूर्वानुमान छ।

यद्यपि बंगालमा तूफानको सोझो प्रभाव परेन, तर त्यसको अप्रत्यक्ष प्रभावलेपनि राज्यको मौसमलाई पूर्ण रूपले परिवर्तन गरिसकेको छ। कोलकातामा बुधवार बिहानदेखि नै आकाश बादलले घेरिएको छ भने लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम विभागले नागरिकहरूसित अपील गरेको छ, अनावश्यक घरबाट बाहिर नगइयोस्, बिजुली चम्किँदा खुल्ला स्थानमा बस्नदेखि बचियोस्।

राज्य प्रशासनले तटीय औ तल्लो क्षेत्रहरूमा सतर्कता बढ़ाइदिएको छ भने आपदा प्रबन्धन दलहरूलाई तयार राखेको छ ताकि आवश्यकता परे राहत अनि बचाउ कार्य तुरून्तै गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande