शिलघाटमा गैंड़ाको शव फेला पऱ्यो
शिलघाटमा गैंड़ाको शव फेला पऱ्यो


नगाउँ (असम), 29 अक्टोबर (हि.स.)। काज़ीरंगा राष्ट्रिय उद्यानबाट भोजनको खोजीमा बाहिर निक्लेको एउटा गैंड़ालाई बुधवार बिहान कलियाबोरको शिलघाट कामाख्या आरक्षित वन क्षेत्रमा मृत अवस्थामा भेटियो।पाइयो।

स्थानीय मानिसहरूले कलियाबार चिया बगान निकट गैंड़ाको शवलाई देखेपछि तत्कालै वन विभागलाई सूचना दिए। शिलघाट वन विभागको टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

प्रारम्भिक जाँचमा वन विभागलाई सन्देह लागेको छ, गैंड़ाको मृत्यु बाघले हमलापछि कुनै अग्लो ठाउँबाट झरेर भएको हुनसक्छ। यद्यपि विभागको भनाइ छ, मृत्युको वास्तविक कारण पशु चिकित्सकद्वारा गरिने पोस्टमर्टम पछि नै थाहा लाग्नेछ।

उल्लेखनीय छ, लगभग तीन महिनापूर्व यो गैंड़ा काजीरंगाग राष्ट्रिय उद्यानबाट निक्लेर शिलघाट क्षेत्रमा घुमिरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande