
मुम्बई, 29 अक्टोबर (हि.स.)। नासिक जिल्लाको नासिक-छत्रपति सम्भाजीनगर हाइवेमा एरण्डगाउँ-रायते गाउँ नजिक बुधवार भोर बिहान एउटा कार पल्टिएर दुर्घटनाग्रस्त भयो जसमा तीनजना मानिसहरूको मृत्यु भयो भने चारजना मानिसहरू घाइते भए। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ।
यस घटनाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीले बताए, आज बिहान गुजरातको सूरतदेखि कार चालक सहित सातजना मानिसहरू शिरडीमा साई बाबाको दर्शन गर्न गइरहेका थिए। नासिक जिल्लाको येवलामा पुग्नसाथ कार चालकले नियन्त्रण गुमायो फलस्वरूप कार डिभाइडरसित ठोक्किएर पल्टियो। यस घटनामा तीनजनाको मृत्यु घटनास्थलमै भयो।
घटना बारे सूचना पाउनसाथ येवला खण्ड पुलिस स्टेशनको टीम घटनास्थलमा पुग्यो। तीनैवटा शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा