झाड़ीभित्र भेटियो ट्रान्सजेण्डरको शव, हत्या भएको आशंका
झाड़ीभित्र भेटियो ट्रान्सजेण्डरको शव, हत्या भएको आशंका


दक्षिण 24 परगना, 29 अक्टोबर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको उस्ती थाना अन्तर्गत तुल्लने क्षेत्रमा बुधवार बिहान सड़क किनारमा झाड़ीभित्र एकजना ट्रान्सजेण्डरको शव फेला पऱ्यो। मृतकाको पहिचान सोनालीको रूपमा भएको छ जो मन्दिर बजार थाना क्षेत्रकी निवासी थिई।

स्थानीय सूत्र अनुसार सोनाली प्रायजसो नै तुल्लने क्षेत्रमा आउ-जाउ गरिरहन्थी। गए मंगलवार साँझपछि उ अचानक बेपत्ता भई। बुधवार बिहान स्थानीय मानिसहरूले सड़क किनारमा झाड़भीत्रित्र उसको शवलाई देखेर तुरून्तै पुलिसलाई सूचना दिए। उस्ती थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्न पठाइदियो। पुलिसको प्राथमिक अनुमानमा सोनालीको हत्या राती अँध्यारोमा गरिएको हो।

हाल हत्या पछाड़िको कारण स्पष्ट हुन सकेको छैन। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि के यो कुनै व्यक्तिगत शत्रुताको परिणाम हो वा अन्य कुनै कारणले सोनालीलाई लक्षित गरिएको हो।

उस्ती थानाका एकजना पुलिस अधिकारीले बताए, “घटनाका सबै सम्भावित पाटोहरूको जाँच गरिँदैछ। स्थानीय मानिसहरूसित जाँचबुझ भइरहेको छ साथै वरपरका सीसीटीभी फुटेजको पनि जाँच गरिँदैछ।” उनले यो पनि बताए, मामिलाको जाँच गर्नको लागि एक विशेष जाँच दल गठन गरिएको छ। सोनालीका आफन्तहरूसित पनि जाँचबुझ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande