
कोलकाता, 28 अक्टोबर (हि.स.)। पश्चिम बंगालको राजनीतिमा एउटा नयाँ विवादले जन्म लिएको छ जतिबेला यो खुलासा भयो, तृणमूल कंग्रेसकी एक जना पार्षदसित दुई भिन्न-भिन्न विधानसभा क्षेत्रबाट जारी मतदाता पहिचान पत्र अर्थात भोटर कार्ड छ। भनिन्छ, दक्षिण 24 परगना जिल्लाको बारुईपुर नगरपालिकाको वार्ड नम्बर- 7 की पार्षद नमिता सरदारको नाम दुईवटा विधानसभा क्षेत्र क्रमैले बारुईपुर पश्चिम र कुलतलीको मतदाता सूचीमा दर्ता छ।
दुवै विधानसभा क्षेत्र एउटै जिल्लाभित्र पर्दछन् जसले गर्दा यो मामिला अझ गम्भीर बन्न पुगेको छ। चुनावी नियम मुताविक कुनै पनि व्यक्ति एक समयमा एउटै मात्र विधानसभा क्षेत्रको मतदाताको रूपमा पञ्जीकृत हुन सक्नेछ। त्यसैले नमिता सरदारको दुई वटा स्थानमा नाम दर्ता हुनु चुनावी आचार संहिताको उल्लंघन मात्र नभएर यसलाई चुनाउ नियम अधिनियम-1950 अन्तर्गत दण्डनीय अपराध पनि मानिन्छ।
मामिला उजागार भएपछि विपक्षले तृणमूल कंग्रेसमाथि चुनावी धाँधलीको आरोप लगाउँदै भनेको छ, यो “सिस्टमलाई आफ्नो लाभको लागि भत्काउने”-को एउटा उदाहरण हो। यस सम्बन्धमा नेता प्रतिपक्ष र वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले चुनाउ आयोग समक्ष सिकायत दर्ता गराएको छ। यसमा दुवै मतदाता सूचीको प्रति अनि सम्बन्धित दस्तावेज सामेल छ।
स्मरण गराइन्छ, नमिता सरदारका पति बिभाष सरदार तृणमूल कंग्रेसका विधायक हुन् जसले बारुईपुर (पूर्व) विधानसभा क्षेत्रलाई प्रतिनिधित्व गर्दछन्। त्यस कारण यो मामिला राजनीतिक रूपमा अझ संवेदनशील भएको छ।
चुनाउ आयोगका अधिकारीले बताएका छन्, बंगालमा मतदाता सूचीको गहन पुनरीक्षण शुरू भएको छ। त्यसपूर्व यो सिकायत प्राप्त भएको छ जसले गर्दा कानून अनुरूप उचित कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा