पार्क स्ट्रीट होटल हत्याकाण्डमा दुई आरोपी ओडिशाबाट पक्राउ, युवकको गला दबाएर हत्या गरी शवलाई लुकाएको थियो
पार्क स्ट्रीट होटल हत्याकाण्डमा दुई आरोपी ओडिशाबाट पक्राउ, युवकको गला दबाएर हत्या गरी शवलाई लुकाएको थियो


कोलकाता, 29 अक्टोबर (हि. स.)। पार्क स्ट्रीटको एक होटलमा युवकको शव भेटिएको मामिलामा पुलिसले ठूलो सफलता हासिल गरेको छ। यस हत्याकाण्डमा सामेल दुईजना आरोपीहरूलाई पुलिसले ओडिशाबाट पक्राउ गरेको छ। यी आरोपीहरूको नाम शक्तिकान्त बेहेरा र सन्तोष बेहेरा रहेको बताइएको छ। पुलिस सूत्रानुसार दुवै आरोपी गत 22 अक्टोबरको राती मृतक राहुल लालसित त्यै होटलमा बसेका थिए। दुवैलाई रिमाण्डमा लिएर कोलकाता ल्याइँदैछ।

कोलकाता पुलिसका एकजना अधिकारीले बुधवार बताए, जाँचमा थाहा लागे अनुसार घटना घटेको दिन 66, रफी अहमद किदवई रोडस्थित होटलको कोठा नम्बर-302 लाई तीनैजनाले भाड़ामा लिएका थिए। सीसीटीभी फुटेज अनुसार राती 11:20 बजे शक्तिकान्त र सन्तोषले होटलबाट चेकआउट गरे। होटल प्रबन्धनले राहुलको बारेमा प्रश्न गर्दा दुवैले बताए, उ पहिला नै बाहिर गइसकेको छ।

तर भोलिपल्ट बिहान होटलका कर्मचारी कोठा सफा गर्न जाँदा पलंग मुनि एउटा ट्रंकमा राहुलको शवलाई देख्यो। पुलिसले तत्कालै होटललाई सील गरेर अनुसन्धान शुरू गऱ्यो।

पोस्टमार्टम रिपोर्टमा खुलासा भयो, राहुलको गला दबाएर हत्या गरिएको थियो। हत्यापछि आरोपीहरूले मृत्यु सुनिश्चित गर्नको लागि उसको टाउकोमा बियरको बोतलले प्रहार गरेका थिए। त्यसपछि शवलाई कोठामा लुकाएर आरोपीहरू भागेका थिए।

पुलिस सूत्र अनुसार प्राथमिक जाँचमा यो कुरा उजागार भएको छ, मृतक र दुवै आरोपी एका-अर्कामा परिचित नै थिए र आर्थिल लेनदेनलाई लिएर यिनीहरूमाझ विवाद भएको थियो। कोलकाता पुलिसले अब यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि हत्याको षड़यन्त्र पहिला कसले रचेको थियो वा विवाद हुँदै गर्दा नै यस्तो घटना भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande