
सिलगढ़ी, 29 अक्टोबर (हि. स.)। एनजेपी थानाको पुलिसले सिलगढ़ीमा एकजना वृद्ध महिलासित दुष्कर्म गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। आरोपी युवकको नाम बापी महन्त (25) हो।
प्राप्त जानकारी अनुसार पीड़ित वृद्ध महिला विगत लामो समयदेखिकै युवकको घरमा बस्दै आएकी थिइन्। आरोप छ, युवकले मौकाको फाइदा उठाएर वृद्धासित धेरै पटक बलजफ्ती दुष्कर्म गऱ्यो जसले गर्दा वृद्धा बिमार भइन्। त्यसपछि वृद्धाले मंगलवार एनजेपी थानामा सिकायत दर्ता गरिन्। सोही सिकायतको आधारमा पुलिसले गए मंगलवार अबेर राती नै बापी महन्तलाई पक्राउ गऱ्यो भने पीड़ित वृद्धालाई उपचारको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा भर्त गरिएको छ। एनजेपी थानाको पुलिसले मामिलाको अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा