ट्रकको चपेटमा परी साइकल चालकको मृत्यु
ट्रकको चपेटमा परी साइकल चालकको मृत्यु


जलपाइगढी, 29 अक्टोबर (हि.स)। शहर संलग्न सेवाग्राम क्षेत्रमा खाद्य विबागको सामान सप्लाई गर्ने एउटा ट्रकले साइकल चालकलाई ठक्कर दियो।घटनामा साइकल चालकको मृत्यु भयो जसको पहिचान निर्मल चन्द्रको रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार, बुधवार बिहान नौआपाड़ा क्षेत्र निवासी निर्मल चन्द्र कुनै काम लिएर घरबाट हिँड़ेका थिए। यसै सम खाद्य विभागको सामान आपूर्ति गर्ने ट्रकले उनलाी पछिबाट ठक्कर दियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो। घटनापछि शव केही समयसम्म सड़कमै लड़िरह्यो। पछि पुलिसले घटनास्थलममा पुगेर शवलाई अस्पतालमा लग्यो। पुलिसले ट्रकलाई जफत गरी कार चालकलाई हिरासतमा लिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande