कोलकातामा ईडीको रेड, कारोबारीको घरबाट एक करोड़ नगदी जफत
कोलकातामा ईडीको रेड, कारोबारीको घरबाट एक करोड़ नगदी जफत


कोलकाता, 29 अक्टोबर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता स्थित तारातला क्षेत्रमा प्रवर्तन निदेशालय (ईडी) ले बुधवार बिहान एक कारोबारीको घरमा छापा मारेर एक करोड़ रूपियाँभऩ्दा अधिक नगदी र प्रचुर मात्रामा आभूषण जफत गरेको छ। यसका साथै ईडीको एक अन्य टीमले बागुईआटीमा पनि छापा मारेको छ।

ईडी सूत्रहरू अनुसार, यो जाँच नगर निगम नियुक्ति घोटाला अन्तर्गत भएको हो र तलाशी अभियान जारी छ। तारातलामा कारोबारीको आवासबाट अहिलेसम्म लगभग एक करोड़ 20 लाख नगदी भेटिएको छ। नोटहरूको गणना जारी छ। जाँच अधिकारीले यति ठूलो राशि कारोबारीकहाँ कसरी पुग्यो र के यसको सीधा सम्बन्ध नगर निगम नियुक्ति घोटालासित छ भनी जाँच गरिरहेका छन्।

यस अगाड़ी मंगलवार पनि ईडीले बेलघाटा समेत कोलकाताका धेरै ठाउँ छापा मारेको थियो। बेलघाटाको हेमचन्द्र नस्कर रोड स्थित एक कारोबारीको घरमा गरिएको उक्त कारबाहीमा पनि धेरै अहम दस्तावेज हात लागेको थियो। ईडीले हालमा यस नियुक्ति घोटालासित सम्बन्धि केही संदिग्ध कम्पनीहरूबारे जानकारी पाएको थियो, जसको आधारमा लगातार कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande