महाबाहु ब्रह्मपुत्रको काखमा विलिन भयो जुबिन गर्गको अस्थि अवशेष
महाबाहु ब्रह्मपुत्रको काखमा विलिन भयो जुबिन गर्गको अस्थि अवशेष


गुवाहाटी, 29 अक्टोबर (हि.स.)। “म मऱ्यो भने मलाई ब्रह्मपुत्रमै बगाउनु। ब्रह्मपुत्र मेरो पिता समान हो। म सागरभन्दा अधिक माया ब्रह्मपुत्रलाई गर्छु। यो धरतीको एकमात्र ‘पुरुष नदी’ हो।” — यी शब्दहरू थिए असमका युगनायक, जन-जनका प्रिय कलाकार जुबिन गर्गको।

बुधवार बिहान जुबिन गर्गको अस्थि पूर्ण विधि-विधानको साथमा ब्रह्मपुत्र नदीमा विसर्जित गरियो। गत 19 सेप्टेम्बरमा उनको आक्समिक निधन भएपछि आज परिवार अनि प्रशंसकहरूको उपस्थितिमा अन्तिम संस्कारको यो अन्तिम परम्परालाई पूरा गरियो।

गुवाहाटीको कछारी घाटमा जुबिनकी पत्नी गरिमा गर्गले भावपूर्ण आँखाले आफ्ना पतिको अस्थिलाई ब्रह्मपुत्रमा प्रवाहित गरिन्। सोही समय जुबिनका भाइ अरूण गर्ग, जसले मुखाग्नि दिएका थिए,-ले जोरहाटमा अस्थि विसर्जन गरे।

गरिमा र अरुण दुवैका आँखाहरू रसाएका थिए। आफ्ना प्रिय जुबिनलाई अन्तिम विदा दिँदा उनीहरू भावुक पनि भए। यसरी जुबिन आफ्नो अन्तिम इच्छा अनुसार सदाका लागि ब्रह्मपुत्रको पावन काखमा विलीन भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande