चोरी गरिएका आठ बाइकको साथ एक पक्राउ
चोरी गरिएका आठ बाइकको साथ एक पक्राउ


जीन्द, 29 अक्टोबर (हि.स.)। सीआईए स्टाफ जीन्दले बाइक चोर गिरोहको एक सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेको बाइक चोरबाट चोरी गरिएका आठ बाइक जफत भएको छ। पुलिसले आरोपीसित सोधपुछ गरी अदालतमा पेश गऱ्यो। जहाँबाट उलाई जेल पठाइएको छ।

जीन्द निवासी सोनूले 19 दिसम्बर 2024 मा सिविल लाइन थाना पुलिसलाई दिएको शिकायतमा बताएका थिए, उनको बाइकलाई गाउँ पिन्डारा निकट चोरी गरिएको छ। पुलिसले सोनूको शिकायतमा चोरीको मामिला दर्ता गरी जाँच शुरू गरेको थियो। सीआईए स्टाफ जीन्दको टीमले गुप्त सूचनाको आधारमा जीन्द निवासी प्रदीपलाई पक्राउ गऱ्यो। पुलिसले प्रदीपसित सोधपुछ गरी अलग-अलग ठाउँहरूबाट चोरी गरिएका आठ बाइक जफत गरेको छ।

जफत गरिएका मोटरसाइकलहरूलाई नियमानुसार कब्जामा लिएर पुलिसले आरोपी प्रदीपलाई अदालतमा पेश गऱ्यो, जहाँबाट उलाई न्यायिक हिरासतमा जेल पठाइएको छ। पुलिस अधीक्षक कुलदीप सिंहले बताए, चोरी गरिएका आठ बाइकको साथ एक आरोपीलाई पक्राउ गरिएको छ। पुलिसले अपराधीहरू विरूद्ध सख्त कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande