
फर्रूखाबाद, 29 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको फर्रूखाबाद स्थित शमसाबाद थाना क्षेत्रमा महाभारतकी द्रौपही सरह पुलिस सामू उसका ससुराली पक्षले महिलाको चीर हरण गरी कुटपिट गरे। घटनास्थलमा उपस्थित 112 पुलिसले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो।
मामिला गाउँ पहाड़पुर बैरागपुरको हो। जहाँ एक महिलालाई उसका माइता पक्ष बिदा गराउन आएका थिए। जसमा ससुराली पक्षले बिदा गर्न खारेज गरे। यसलाई लिएर ससुराली र माइता पक्षबीच विवाद शुरू भयो। महिलाले डायल 112 मा सूचना दिइन्। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस सामू दबंगहरूले महिलालाई दौड़ाई-दौड़ाई कुटे। उसका बाबू र भाईलाई पनि पुलिस सामू कुटे। आफ्नो बचाउ गर्न महिला पुलिसको गाड़ीमा बसिन् तर दबंगहरूले उसलाई गाड़ीबाट तानेर फेरि कुटे। पुलिस मूक दर्शक बनिरह्यो। दबंगहरूले महिलालाई पुलिस सामू कुटेको भीडियो सोशल मीडियामा भाइरल भएको छ।
एसपी आरती सिंहले बताइन्, पुलिस सामू महिला र उसका परिजनहरूलाई कुट्ने दबंगहरू विरूद्ध कठोर कारबाही गरिनेछ। थाना पुलिसलाई रिपोर्ट दर्ता गर्ने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी