इतिहासका पन्नामा ३१ अक्टोबर : २००५ – प्रसिद्ध कवयित्री अमृता प्रीतमको निधन
Amrita Pritam


३१ अक्टोबर २००५ मा प्रसिद्ध कवयित्री, उपन्यासकार तथा निबन्धकार अमृता प्रीतमको निधन भयो। उनी भारतीय साहित्यकी सबैभन्दा सशक्त महिला आवाजहरूमध्ये एक थिइन्। अमृता प्रीतमले पंजाबी र हिन्दी दुवै भाषामा साहित्यलाई नयाँ दिशा दिइन्।

उनका प्रसिद्ध कृतिहरूमा “पिंजर”, “अग्निकुंड”, “साक्षी” र “रसीदी टिकट” (आत्मकथा) समावेश छन्। भारतको विभाजनको त्रासदीमा आधारित उनको कविता “अज्ज आखां वारिस शाह नूं” आज पनि हृदयलाई छोइरहन्छ।

साहित्यमा योगदानका लागि अमृता प्रीतमलाई साहित्य अकादमी पुरस्कार, भारतीय ज्ञानपीठ पुरस्कार, र पद्म विभूषण जस्ता सम्मानहरू प्राप्त भएका थिए। उनले आफ्ना लेखनमार्फत प्रेम, पीडा, नारी स्वतन्त्रता र मानवीय संवेदनालाई अनौठो ढङ्गले अभिव्यक्त गरिन्।

महत्वपूर्ण घटनाक्रम

१७५९ – फिलिस्तीनको साफेदमा भूकम्प, १०० जनाको मृत्यु।

१८६४ – नेभाडा अमेरिका को ३६औं राज्य बन्यो।

१९०५ – अमेरिकाको सेन्ट पीटर्सबर्गमा क्रान्तिकारी प्रदर्शन।

१९०८ – लन्डनमा चौथो ओलम्पिक खेलकुद सम्पन्न।

१९१४ – बेलायत र फ्रान्सले टर्कीविरुद्ध युद्ध घोषणा गरे।

१९२० – रोमानियाले पूर्वी युरोपको बेसाराबियामा कब्जा गर्‍यो।

१९५३ – बेल्जियममा टेलिभिजन प्रसारण सुरु।

१९५६ – स्वेज नहर पुनः खोल्न बेलायत र फ्रान्सले मिस्रमा बमबारी गरे।

१९५९ – सोभियत संघ र मिस्रबीच नाइल नदीमा अस्वान बाँध निर्माण सम्झौता।

१९६० – बंगालको खाडीमा आएको चक्रवातमा झन्डै १०,००० जनाको मृत्यु।

१९६६ – भारतका प्रसिद्ध पौडीबाज मिहिर सेनले पनामा नहर पौडिएर पार गरे।

१९७८ – इरानमा तेल कर्मचारीहरूको हडताल सुरु।

१९७८ – यमनले आफ्नो संविधान अंगीकार गर्‍यो।

१९८२ – पोप जोन पॉल द्वितीय स्पेन भ्रमण गर्ने पहिलो बिशप बने।

१९८४ – भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका अंगरक्षकहरूले गोली हानी हत्या गरे। त्यसपछि राजीव गान्धी भारतका नवौं प्रधानमन्त्री बने।

१९८९ – तुरगुत ओजल टर्कीका राष्ट्रपति निर्वाचित।

१९९६ – रासायनिक अस्त्र प्रतिबन्ध सन्धिका लागि आवश्यक ६५ देशहरूको अनुमोदन प्राप्त।

२००३ – हैदराबादमा अफ्रो–एसियाली हकी प्रतियोगितामा भारतले पाकिस्तानलाई ३–१ ले पराजित गर्दै स्वर्ण जित्यो।

२००३ – मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले शासन सत्ता अब्दुल्ला अहमदलाई सुम्पे।

२००४ – फलुजामा अमेरिकाको हवाई आक्रमण।

२००५ – फिलिस्तीन–इजरायल हिंसा नगर्ने सहमति, रूसले वोल्कर प्रतिवेदनमा हेरफेरको शंका, चीन र नेपाल सीमा निरीक्षणमा सहमत।

२००६ – श्रीलङ्कन सरकारले तमिल विद्रोहीहरूलाई जाफ्ना प्रायद्वीपमा गोलीबारीको आरोप लगायो।

२००८ – ६ देखि १४ वर्षका बालबालिकालाई निःशुल्क र अनिवार्य शिक्षा दिने विधेयकलाई मन्त्रिपरिषद्को स्वीकृति।

२०१५ – रूसी एयरलाइन कोग्लीमावियाको विमान ९२६८ उत्तरी सिनाईमा दुर्घटनाग्रस्त, सबै २२४ जनाको मृत्यु।

जन्म

१८७५ – सरदार वल्लभभाई पटेल, भारतका स्वतन्त्रता सेनानी र प्रथम गृहमन्त्री।

१८८९ – नरेन्द्र देव, भारतीय विद्वान्, समाजवादी विचारक र देशभक्त।

१९२२ – नोरोदम शिनुक, क्याम्बोडियाका राजा।

१९२६ – नरिन्दर सिंह कपानी, भारतीय मूलका अमेरिकी भौतिकशास्त्री।

१९४३ – ओमान चाण्डी, केरलका पूर्व मुख्यमन्त्री।

१९४३ – जी. माधवन नायर, भारतीय वैज्ञानिक तथा इस्रोका पूर्व अध्यक्ष।

१९६२ – सर्बानन्द सोनुवाल, असमका १४औं मुख्यमन्त्री र सांसद।

१९७७ – देबदीप मुखोपाध्याय, भारतीय प्रसिद्ध कम्प्युटर वैज्ञानिक।

निधन

१९७५ – सचिन देव बर्मन, हिन्दी र बंगाली चलचित्रका प्रसिद्ध सङ्गीतकार तथा गायक।

१९८४ – इन्दिरा गान्धी, भारतकी चौथी प्रधानमन्त्री।

२००१ – ब्रजकुमार नेहरू, जवाहरलाल नेहरूका आफन्त र राजनयिक।

२००५ – अमृता प्रीतम, प्रसिद्ध कवयित्री, उपन्यासकार र निबन्धकार।

२००५ – पी. लीला, तमिल चलचित्रकी प्रसिद्ध पार्श्व गायिका।

२०१३ – के. पी. सक्सेना, भारतीय व्यङ्ग्यकार तथा लेखक।

महत्वपूर्ण दिवस

राष्ट्रिय एकता दिवस (National Unity Day)

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande