ममताले परमाणु वैज्ञानिक होमी जे. भाभा अनि साहित्यकार सुकुमार रायलाई दिइन् श्रद्धाञ्जली
ममताले परमाणु वैज्ञानिक होमी जे. भाभा अनि साहित्यकार सुकुमार रायलाई दिइन् श्रद्धाञ्जली


कोलकाता, 30 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले मंगलवार दुई महान विभूति — भारतका प्रख्यात परमाणु भौतिक विज्ञानी होमी जहाँगीर भाभा र प्रसिद्ध बाल साहित्यकार सुकुमार रायको जयन्तीमा उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरिन्।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया पोस्टमा होमी जे. भाभालाई स्मरण गर्दै लेखिन्, “महान परमाणु वैज्ञानिक होमी जहाँगीर भाभाको जयन्तीमा उनलाई श्रद्धाञ्जली। उनको अग्रणी योगदानले भारतको वैज्ञानिक तथा परमाणु प्रगतिको आधार राख्यो।”

यसरी नै उनले बंगालका सुप्रसिद्ध बाल साहित्यकार सुकुमार रायप्रति पनि आफ्नो श्रद्धा व्यक्त गर्दै लेखिन्, “प्रख्यात बाल साहित्यकार सुकुमार रायको जन्मजयन्तीमा उनलाई मेरो हार्दिक श्रद्धाञ्जली।”

उल्लेखनीय छ, चर्चित फिल्मकार औ लेखक सत्यजीत रायका पिता सुकुमार राय पश्चिम बंगालमा बाल साहित्यको लागि विख्यात रहेका छन् भने वैज्ञानिक होमी जहाँगीर भाभालाई भारतमा परमाणु ऊर्जा कार्यक्रमको जनक मानिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande