पाँशकुड़ा नगरपालिकाका प्रशासक नन्द मिश्राको स्थानान्तरण
पाँशकुड़ा नगरपालिकाका प्रशासक नन्द मिश्राको स्थानान्तरण


मेदिनीपुर, 30 अक्टोबर (हि.स.)। लोकसभा चुनाउमा अपेक्षित प्रदर्शन हुन नसकेको फलस्वरूप पाँशकुड़ा नगगरपालिकाका प्रशासक नन्द मिश्रलाई पदबाट हटाइएको छ। उनको स्थानमा तमलुकका एसडीओ दिव्येन्दु मजुमदारलाई नयाँ प्रशासक नियुक्त गरिएको छ। प्रशासनिक जगतमा यसरी अचानक भएको स्थानान्तरमलाई लिएर चर्चा चुलिएको छ।

सूत्र अनुसार पाँशकुड़ा नगरपालिका क्षेत्रमा अल्पसंख्यक मतदाता लगभग 55 प्रतिशत छन्। यस वर्गबाट तृणमूल कंग्रेसलाई अपेक्षाकृत भोट प्राप्त भएन जसपश्चात यो फलेसा लिइयो। तथापि नन्द मिश्राको आफ्नो वार्डमा तृणमूल अगाड़ि नै थियो। सम्पूर्ण नगरपालिका क्षेत्रमा पार्टीलाई लगभग 6,000 मतको बढ़त प्राप्त भए पनि उनलाई पदबाट हटाइनुले धेरैवटा प्रश्नहरू उब्जाएको छ।

नन्द मिश्रा वर्ष 2017-देखि 2022 सम्म पाँशकुड़ा नगरपालिकाका चेयरम्यान रहे भने वर्ष 2022-देखि बोर्ड अफ एडमिनिस्ट्रेटर्सका चेयरपर्सनको रूपमा कार्यरत थिए। उनलाई तृणमूल कंग्रेसका एकजना पुरानो र निष्ठावान सदस्य मानिन्छ। पदबाट हटाइएपछि उनले भने, “पार्टीमाथि मलाई पूर्ण विस्वास छ, तर यस फसेलाबाट म भावुक भएको छु।”

यस फेरबदल पश्चात तृणमूलभित्र खैलाबैला मचिएको छ। राजनीतिक पर्यवेक्षकहरूको भनाइ छ, यो कदम आगामी नगरपालिका चुनाउपूर्व संगठनलाई अझ सशक्त बनाउने रणनीतिको एक भाग हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande