मप्रः जबलपुरमा संघको अखिल भारतीय कार्यकारी मण्डलको बैठक शुरू
भागवत


जबलपुर, 30 अक्टोबर (हि.स.)। मध्य प्रदेशको जबलपुरमा राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय कार्यकारी मण्डलको तीन दिवसीय बैठक आज बिहिवारदेखि शुरू भएको छ। 01 नोभेम्बरसम्म चल्ने यस बैठकमा सरसंघचालक डा. मोहन भागवत सहित देशभरिका संघ पदाधिकारी हिस्सा लिइरहेका छन्। बैठकमा संघको शताब्दी वर्षको उपलक्ष्यमा देशभरिमा चलिरहेका अभियानहरू र आगामी योजनाहरूमाथि विचार विमर्श गरिनेछ।

जबलपुरमा राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय कार्यकारी मण्डलको बैठक पहिलो पल्ट आयोजित भइरहेको छ। यहाँ शहरको विजन नगर स्थित कचनार सिटी क्लबमा बिहान 9 बजी सरसंघचालक डा. मोहन भागवतको उपस्थितिमा बैठकको शुरूआत भयो। बैठकको शुरूआतमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी, झारखण्डका पूर्व मुख्यमन्त्री शिबू सोरेन, फिल्म अभिनेता असरानी सहित 207 व्यक्तिहरूलाई श्रद्धाञ्जलि अर्पित गरियो, जसको हालका महिनाहरूमा निधन भयो। बैठकमा सरकार्यवाह दत्तात्रेय होसबाले, सह-सरकार्यवाह, अखिल भारतीय अधिकारी, क्षेत्र एवं प्रान्त स्तरका संघचालक, कार्यवाह, प्रचारक र समविचारी संगठनहरूका प्रमुख पनि उपस्थित छन्।

संघको अखिल भारतीय सह प्रचार प्रमुख नरेन्द्र कुमारले बताए, सरसंघाचलक डा. मोहन भागवत र सरकार्यवाह दत्तात्रेय होसबालेले भारतमाताको फोटोमा पुष्प अर्पित गरी बैठकको शुरूआत गरे। बैठकमा 11 क्षेत्रका संघचालक, कार्यवाह र प्रचारक सामेल भएका छन्। य़सका साथै 46 प्रान्तहरूका कार्यवाह र प्रचारक उपस्थित भएका छन्। देशभरिबाट 407 कार्यकर्ता बैठकमा सामेल भएका छन्। बैठक साझँ 6 बजीसम्म चल्नेछ।

यस तीन दिवसीय बैठकमा शताब्दी वर्षको उपलक्ष्यमा देशभरिमा चलिरहेको अभियानहरू र आगामी योजनाहरूमाथि मन्थन गरिनेछ। 01 नोभेम्बरसम्म चल्ने यस बैठकमा एसआईआरका साथै राष्ट्रिय र सामाजिक मुद्दाहरूमाथि विचार-विमर्श गरिनुछ। यसका साथै गुरू तेग बहादुरको 350औं शहीदी दिवस र बिरसा मुन्डाको 150औं जयन्तीलाई पनि विशेष रूपमा याद गरिनेछ। बैठकमा सामेल हुनका लागि सरसंघचालक 26 अक्टोबरमा जबलपुर पुगेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande