
पूर्व मेदिनीपुर, 31 अक्टोबर (हि. स.)। कोलकातादेखि दिघा गइरहेको एउटा एसी बस गए बिहीवार साँझ दिघा मोहना कोस्टल थाना अन्तर्गत घेसाई नजिक दुर्घटनाग्रस्त भयो। यस घटनामा 12 जना यात्रीहरू घाइते भए। स्थानीय क्लबका युवकहरूको तत्परता अनि पुलिसको सहयोगले सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकालियो।
सूत्र अनुसार “माइती मोटर” नामक एसी बस दिघा तर्फ गइरहेको थियो। त्यस स्थलमा सड़कको निर्माण कार्य भइरहेको थियो जसकारण सड़कमा खाल्डो परेको थियो। अगाड़िबाट आइरहेको एउटा पिक-अप भ्यानलाई बाटो दिने हुँदा बस अनियन्त्रित भएर सड़क किनारको खाल्डोमा झऱ्यो।
एसी बस भएको कारणले मुख्य ढोका बन्द भयो जसले गर्दा भित्र यात्रीहरू फसे। तत्कालै घटनास्थलमा पुगेर स्थानीय क्लबका युवक तथा दिघा महोना कोस्टल थानाको पुलिसले बसको झ्यालहरू भत्कएर सबै यात्रीहरूलाई सुरक्षित बाहिर निकाले। घाइतेहरूलाई तत्क्षणै दिघा अस्पतालमा लगियो।
स्थानीय मानिसहरूले आरोप लगाए, सड़क निर्माण स्थलमा न त कुनै सुरक्षा ब्यारिकेड लगाइएको छ न त कुनै चेताउनी बोर्ड। त्यसैले हिजोआज यस क्षेत्रमा दुर्घटनाहरू हुँदै आइरहेका छन्। भनिन्छ, यसै स्थानमा पूर्वमा पनि कैयौं पटक दुर्घटना भइसकेको छ। पुलिस र स्थानीय मानिसहरूले कड़ा परिश्रम गरेर अबेर राती बसलाई सड़कबाट हटाएर यातायातलाई सामान्य बनाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा