दार्जिलिङ, कालेबुङमा विध्वंशः सांसद राजू बिष्टले ममता ब्यानर्जीसंग गरे ‘राज्य स्तरीय आपदा’ घोषणा गर्ने माग
दार्जिलिङ, कालेबुङमा विध्वंशः सांसद राजू बिष्टले ममता ब्यानर्जीसंग गरे ‘राज्य स्तरीय आपदा’ घोषणा गर्ने माग


सिलगढ़ी, 6 अक्टोबर (हि.स.)। दार्जिलिङ र कालेबुङमा भएको अविरल वर्षा तथा पैह्रोले व्यापक क्षय-क्षति पुऱ्याएको छ जसलाई लिएर राजनीतिक सक्रियता बढ़ेको छ। दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका नेता राजू बिस्टले मुख्मन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरी यस प्राकृतिक आपदालाई ‘राज्य स्तरीय आपदा’ घोषणा गर्ने माग गरेका छन्।

सांसदले गए आइतवार राति आफ्नो पत्रमा लेखेका छन्, दार्जिलिङ, तराई एवं डुवर्स क्षेत्रमा लगातार परिरहेको मुसलधारे पानीले व्यापक क्षति पुऱ्याएको छ। पहाड़ी क्षेत्रहरूमा धेरैवटा ठाउँमा पैह्रोले सड़कलाई बन्द गरिदिएको छ भने सयकड़ौं मानिसहरू फसेका छन्। उनले भने, यदि सरकारले यस आपदालाई राज्य स्तरीय घोषणा गऱ्यो भने प्रभावित मानिसहरूलाई राहत अनि क्षतिपूर्ति दिने प्रक्रिया तीव्र हुनसक्छ।

राजू बिष्टले आफ्नो पत्रमा यो पनि स्मरण गराए, वर्ष 2023-मा टिस्टा नदीको बाढ़ीलाई राज्य सरकारले ‘आपदा’ घोषणा गरेको थिएन जसले गर्दा त्यसताक केही पीड़ित परिवारहरूलाई उचित सहायता वा क्षतिपूर्ति प्राप्त हुन सकेको थिएन। उनले आग्रह गरे, यसपालि त्यस गल्तीको पुनरावृत्ति नहोस् अनि सरकारले केन्द्रसित मिलेर राहत एवं पुनर्वास कार्यलाई प्राथमिकता देओस्।

सांसदले यो पनि भने, राज्य सरकारले केन्द्र सरकारसित समन्वय स्थापना गरी सबै क्षतिग्रस्त संरचनाहरूको पुनर्निमाण तथा प्रभावित परिवारहरूको पुनर्वासको निम्ति ठोस व्यवस्था गर्नुपर्छ। उनले आशा व्यक्त गरे, मुख्यमन्त्रीले यस दिशामा शीघ्र कदम उठाउनेछ ताकि उत्तर बंगालका पीड़ितरूलाई हरसम्भव सहयोग प्राप्त होस्।

यसबीच केन्द्रिय गृहमन्त्री अमित शाहले गए आइतवार दार्जिलिङका सांसद राजू बिष्टसित फोनमा बातचित गरी स्थितिको जानकारी लिए। उनले आश्वासन दिए, राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)- का अतिरिक्त टीमहरूलाई उत्तर बंगालमा पठाउनेमाथि विचार गरिँदैछ।

अर्कोतिर मुख्यमन्त्री ममता ब्यानर्जीले पनि उत्तर बंगालको स्थितिमाथि चिन्ता व्यक्त गरेकी छन्। उनले नवान्नस्थित नियन्त्रण कक्षबाट स्थितिमाथि लगातार निगरानी राखिरहेकी छन्। सोमवार मुख्य सचिव मनोज पन्तसित दार्जीलिङ अनि कालेबुङ जाने निर्णय लिएकी छन्। मुख्यमन्त्रीले सिलगढ़ीबाटै सम्पूर्ण उत्तर बंगालककको स्थितिमाथि नजर राख्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande