श्रीनगर, 6 अक्टोबर (हि.स.)। गुलमर्ग, गुरेज औ अन्य पर्वतीय क्षेत्रहरू सहित कश्मीरका उच्च क्षेत्रहरूमा यस सप्ताह मौसमको पहिलो हिमपात भएको छ। यसले गर्दा उपत्याकामा जाड़ोको चाँड़ै आगमन भएको छ।
गुलमर्गका अफ़रवत, अनन्तनागको सिंथन टप, ज़ोजिला, गुमरी, मिनीमर्ग र बाँदीपोरा ज़िल्लामा गुरेज उपत्याकाको प्रवेश द्वार राजदान टप जस्ता केही उच्च क्षेत्रहरूमा ताजा हिमपात भयो। राजदान टपमा सोमवार बिहानदेखि नै हल्का हिमपात शुरू भएको छ जसबाट माथिल्लो क्षेत्रहरूको तापमान गटेको छ। तथापि अधिकारीहरूले भने, बाँदीपोरा गुरेज मार्गमा यातायात सामान्य छ।
मौसम अधिकारीहरूले भने, पश्चिमी विक्षोभको कारणले 5-देखि 7 अक्टोबरसम्म जम्मू-कश्मीरका केही भागहरूमा वर्षा अनि हिमपात हुने सम्भावना छ। श्रीनगर अनि यस वरपरका क्षेत्रहरूमा हल्का वर्षा दर्ता गरियो भने दक्षिणी कश्मीरो मैदानी भागमा रोकिँद वर्षा भइरहेको छ।
मौसममा आएको नयाँ परिवर्तनबाट स्थानीय मानिसहरू साथै पर्यटनहरूमा खुशी व्याप्त भएको छ जसले सलाई जाड़ोको आगमनको पहिलो संकेत मानिरहेका छन्। तथापि अधिकारीहरूले यात्रीहरूलाई विशेष गरी उच्च क्षेत्रहरूमा सतर्क बस्ने सल्लाह दिएको छ,किनभने तापमान घट्ने क्रम लगातार जारी छ, सड़कहरू चिप्लिने हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा