वाराणसीको छाउनी क्षेत्रमा छः वटा सिलेण्डर पड़्केर भयानक आगलागी
वाराणसीको छाउनी क्षेत्रमा छः वटा सिलेण्डर पड़्केर भयानक आगलागी


वाराणसी, 04 अक्टोबर (हि. स.)। वाराणसीको छाउनी क्षेत्रमा सोमवार बिहान एक रेस्टोरेन्टमा राखिएको छः वटा ग्यास सिलेण्डर एकपछि अर्को गर्दै विस्फोट भयो। विस्फोटपछि भीषण आगो लाग्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाएर घटनास्थलमा पुगेको फायर ब्रिगेडका कर्मचारीहरूले पाँचवटा वाहनहरूको सहयोगले आगोलाई निभाए। लगभग दुई घण्टाभित्रमा आगोलाई पूर्ण रूपमा नियन्त्रण गरियो।

घटनास्थलमा पगेका क्यान्ट थानाका निरीक्षक शिवकान्त मिश्राले पत्रकारहरूलाई बताए, छाउनी क्षेत्रको सदर बजारमा चिकन,मटनको रेस्टोरेन्टमा राखिएको सिलेण्डरहरूमा बिजुलीको शर्ट सर्किट भएर आगो लाग्यो। बिहान 6 बजे सिलेण्डर विस्फोट भएको आवाज सुनियो। हाल आगोलाई नियन्त्रण गरिसकिएको छ। घटनामा कुनै प्रकारको मानव क्षति भएको छैन। यस आगलामी भएको अन्य क्षतिको मूल्यांकन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande