उत्तर बंगालका बाढीग्रस्त क्षेत्रमा राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक बने संकटमोचक
उत्तर बंगालका बाढीग्रस्त क्षेत्रमा राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक बने संकटमोचक


कोलकाता, 6 अक्टोबर (हि.स.)। लगातार परिरहेको मुसलधारे वर्षाले उत्तर बंगालका धेरै जिल्लाहरूमा जनजीवन अस्तव्यस्त बनाएको छ। धेरै क्षेत्रमा बाढीको स्थिति सिर्जना भएको छ। धेरै घरहरू पानीले डुबानमा परेका छन् र सडकमा आवागमन ठप्प भएको छ। यस्तो प्राकृतिक विपद्को बीच जब प्रशासन राहत कार्यमा जुटिरहेको छ, त्यही बेला राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का स्वयंसेवकहरू पनि राहत र उद्धार कार्यमा सक्रिय बनेका छन्।

जलपाइगढ़ी, अलीपुरद्वार, कूचबिहार, मालबजार र दार्जिलिङका तराई क्षेत्रहरूमा मानिसहरू बाढी र वर्षाले गम्भीर रूपमा प्रभावित भएको खबर आउनसाथ, सङ्घका स्वयंसेवकहरू बिना ढिलाइ राहत सामग्री लिएर स्थलमा पुगे। उनीहरूले प्रभावित स्थानहरूमा पुगेर खाद्यान्न, पिउने पानी, कम्बल, औषधि र अन्य आवश्यक सामग्रीहरू वितरण गरे।

कयौं ठाउँमा स्वयंसेवकहरूले प्रशासन र स्थानीय नागरिक रक्षा बलसँग मिलेर फसेका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने कार्य पनि गरे। विशेष गरी तल्लो क्षेत्रका बाढीपिडित बुजुर्ग, बालबालिका र महिलाहरूलाई डुङ्गाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको थियो।

उत्तर बंगालका विभिन्न जिल्लाबाट सयौं स्वयंसेवकहरू यो राहत अभियानमा सहभागी भएका छन्। स्वयंसेवकहरूले भने, “यो मानवताको सेवा गर्ने समय हो। जब देशको कुनै भाग संकटमा पर्छ, प्रत्येक स्वयंसेवकको कर्तव्य हुन्छ कि उसले निःस्वार्थ भावले मानिसहरूको बीच पुगून्।”

स्थानीय बासिन्दाहरूले सङ्घका यस मानवीय प्रयासको प्रशंसा गरेका छन्। धेरै प्रभावित परिवारहरूले बताएका छन्, प्रशासनिक सहयोगसँगै सङ्घका स्वयंसेवकहरूले पनि समयमै खाना र आवश्यक सामग्री उपलब्ध गराएर जीवनरक्षकको भूमिका निभाएका छन्।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा जलपाइगढ़ीको मटियाली र मेखलिगञ्ज, कूचबिहारको तुफानगञ्ज र अलीपुरद्वारको बारोबिशा क्षेत्र रहेका छन्, जहाँ पानीको सतह अझै पनि खतराको सीमामा रहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande