बेलदा खबराबादमा पिकअप दुर्घटनाग्रस्त, चालक र खलासी घाइते
बेलदा खबराबादमा पिकअप दुर्घटनाग्रस्त, चालक र खलासी घाइते


पश्चिम मेदिनीपुर, 6 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा बखराबाद क्षेत्रमा सोमवार बिहान लगभग 9 बजे 16 नम्बर राष्ट्रिय मार्गमा एउटा पिकअप भ्यान दुर्घटनाग्रस्त भयो। भ्यान बेलदा तर्फ ग इरहेको थियो यसैबीच चालकले नियन्त्रण गुमायो। भ्यान सड़कमा रहेको बाख्रालाई बचाउने प्रयासमा खेतमा पल्टियो।

पिकअप भ्यानमा चिंगड़ी माछाको अण्डा लादिएको थियो जसले गर्दा दुर्घटनाको स्थिति अझ संवेदनशील भयो। घटनामा चालक र खलासी दुवै घाइते भए।

स्थानीय ग्रामीणहरूले बताए, उनीहरूले अचानक सड़कमा पल्टिएको भ्यानलाई देखेर दौड़ेर सहयोग गर्न गए। एकजना ग्रामीणले बताए, हामी दौड़ेर घटनास्थलमा पुगी भ्यानको ढोका भत्कायौंअनि दुवैलाई बाहिर निकाल्यौं। यदि समयमै सहयोग नगरेको भए परिणाम अझ गम्भीर हुनसक्थ्यो।

आक्रोशित स्थानीयहरूले भने, 16 नम्ब राष्ट्रिय सड़कमा लगातार दुर्घटनाहरू भइरहेका छन्। हामी सदैव डराउँदै घरबाट निक्लिनुपर्छ।

घटनास्थलमा पुगेको बेलदा थाना पुलिस समक्ष ग्रामीणहरूले यस सड़कमा सुरक्षा बढ़ाउने अनि गति नियन्त्रण गर्नको लागि कदम उठाउने अपील गरे। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएकोछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande