मुख्यमन्त्री डा. यादवले 'विश्व डाक दिवस'- मा डाक कर्मीहरूलाई दिए शुभकामना
मुख्यमन्त्री डा. यादवले 'विश्व डाक दिवस'- मा डाक कर्मीहरूलाई दिए शुभकामना


भाेपाल, 9 अक्टोबर (हि.स.)। आज (बिहीवार काे) विश्व डाक दिवस हो। प्रत्येक वर्ष 9 अक्टोबरको दिन यो दिवस मनाइन्छ जुन 1874 सालमा स्विटजरल्याण्डको राजधानी बर्नमा यूनिभर्सल पोस्टल यूनियन स्थापना भएको वर्षगाँठ हो। 1969 सालमा टोक्यो, जापानमा आयोजित यूपीयू कांग्रेसद्वारा यसलाई विश्व डाक दिवस घोषित गरिएको थियो। मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले विश्व डाक दिवसमा डाक सेवासित सम्बन्धित सबै कर्मीहरूलाई शुभकामना दिएका छन्।

मुख्यमन्त्री डा. यादवले साेशल मीडिया एक्सको पाेस्टमा लेखे, देशका कुना-कुनासम्म संवेदना, सन्देश तथा विश्वासको धागोलाई सुदृढ़ पार्ने तपाईहरू सबै डाककर्मी बन्धुहरूलाई विश्व डाक दिवसको हार्दिक बधाई अनि शुभकामना। पहाड़को दुर्गम उपत्याकादेखि लिएर रेगिस्तानको पिल्सिने धरतीसम्म, घना जंगलदेखि लिएर सुदूरवर्ती गाउँहरूसम्म तपाईहरू सबैले अथक परिश्रम र समर्पणले दूरत्वलाई मेटाउनु भएको छ, सम्बन्धलाई जीवित राख्नु भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande