वाराणसी, 09 अक्टोबर (हि. स.)। भारत सरकारका पर्यटन एवं संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले वाराणसीस्थित श्रीकाशी विश्वनाथ मन्दिरमा दर्शन पूजन गरेपछि भने, वाराणसीमा भगवान काशी विश्वनाथको दर्शन गर्नाले अध्यात्म र शान्ति संस्कृतिको दिव्य साक्षात्कार हुन्छ। यहाँ जतिपटक आए पनि आफूलाई शिवमय पाउनेछौं। मनमा “हर … हर महादेव”- को अनन्त अनुगुञ्ज हुन्छ। अत्यधिक प्रसन्नता हुन्छ यहाँको जीवनदायिनी माँ गंगासितै विकासको गंगा पनि बगेको देखेर। ॐ नमः शिवाय।
केन्द्रिय मन्त्री गजेन्द्र सिंह शेखावतको दर्शन पूजन कार्यक्रम अवधि उनीसित वारणसी दक्षिमका विधायक डा. नीलकण्ठ, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्रोफेसर बिहारी लाल सहित गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा