केजरीवालले पुण्यतिथिमा रतन टाटालाई दिए श्रद्धाञ्जली
केजरीवालले पुण्यतिथिमा रतन टाटालाई दिए श्रद्धाञ्जली


नयाँ दिल्ली, 9 अक्टोबर (हि.स.)। आम आदमी पार्टी (आआपा)-का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बिहीवार महान उद्योगपति तथा टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

केजरीवालले आज एक्स पोस्टमा लेखेका छन्, रतन टाटाको जिम्मेवार नेतृत्व, नवाचार तथा सहयोगको भावनाले भारतको विकासमा अमेट छाप छोड़ेको छ। उनको जीवन मूल्य, विशेष रूपमा इमानदारी र उत्कृष्ट भविष्यप्रतिको समर्पणले लाखौं मानिसहरूलाई प्रेरित गरेको छ साथै भावी पिँढ़ीको लागि पनि प्रेरणाको श्रोत बनिरहनेछ।

केजरीवालले रतन टाटालाई भारतको 'अमूल्य रत्न' बताउँदै उनको योगदानलाई स्मरण गरे। उनले भने, दादा समूहलाई वैश्विक मञ्चमा पुऱ्याउनको साथै रतन टाटाले सामाजिक कार्य अनि परोपकारको माध्मबाट देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको दूरदर्शिता र नेतृत्वले भारतीय उद्योग जगतलाई नयाँ दिशा दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande