सड़क दुर्घटनामा व्यक्ति गम्भीर रूपमा घाइते
सड़क दुर्घटनामा व्यक्ति गम्भीर रूपमा घाइते


गुवाहाटी, 9 अक्टोबर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्र सोनपुर थाना क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए। पुलिसले बिहीवार जानकारी दिए अनुसार थाना क्षेत्रको पाथरकुचीस्थित राष्ट्रिय राजमार्ग-27 मा जागीरोडदेखि गुवाहाटी तर्प आइरहेको वाहनको चपेटमा परी गए मध्य राती एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले घाइते व्यक्तिलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। अन्तिम सूचनासम्म घाइते व्यक्तिको पहिचान हुन सकेको थिएन। घाइते व्यक्ति जुबिन गर्गको प्रशंंसक रहेको बताइएको छ। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी व्यक्तिको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande