भाजपा सांसद-विधायकमाथि भएको हमलाको जाँच एनआईए मार्फत गराउने माग, उच्च अदालतमा याचिका दर्ता
भाजपा सांसद-विधायकमाथि भएको हमलाको जाँच एनआईए मार्फत गराउने माग, उच्च अदालतमा याचिका दर्ता


कोलकाता, 09 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) -का लोकसभा सदस्य खगेन मर्मू औ पश्चिम बंगाल विधानसभामा पार्टीका मुख्य सचेतक शंकर घोषमाथि भएको हमलाको जाँच राष्ट्रिय जाँच एजेन्सी (एनआईए) मार्फत गराउने मागलाई लिएर बिहीवार कलकत्ता उच्च अदालतमा याचिका दर्ता गरियो।अदालतले उक्त याचिकालाई स्वीकार गरेको छ जसमाथि आगामी साता सुनवाई हुने सम्भावना छ।

पछिल्लो सोमवार अपरान्ह जलपाईगुड़ी जिल्लाको बमुनडांगा क्षेत्रमा तृणमूल कंग्रेस (टीएमसी) समर्थकहरूद्वारा कथित रूपमा भाजपा सांसद तथा विधायकको लावा-लस्करमाथि हमला गरिएको थियो। दुवै नेता नागराकाटा तर्फ गइरहेका थिए जहाँ उनीहरू बाढ़ी प्रभावित मानिसहरूको लागि राहत सामग्री लिएर पुगेका थिए।यस हमलामा सांसद खगेन मर्मू गम्भीर रूपमा घाइते भए। वर्तमानमा उनी सिलगढ़ीको एक निजी अस्पतालमा उपचाराधिन छन्। विधायक शंकर घोषलाई पनि सामान्य चोट लागेको थियो जसलाई गए बुधवार अपरान्ह अस्पतालबाट छुट्टि दिइएको छ।

याचिकाकर्ता अनिंद्य सुन्दर घोषले आफ्नो याचिकामा राज्य पुलिसको जाँचमाथि सन्देह व्यक्त गर्दै भने, यस मामिलाको निष्पक्ष र गहन जाँचको लागि एनआईएलाई जिम्मा दिनुपर्छ।

यसबीच बिहीवार बिहानसम्ममा यस मामिलामा चारजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। यीमध्ये दुईजनालाई गए बुधवार अपरान्ह र दुईजनालाई बिहीवार बिहान पक्राउ गरिएको हो।

तृणमूल कंग्रेसले शुरूबाटै यस हमलालाई भाजपाविरूद्ध स्थानीय जनताको स्वतःस्फूर्त असन्तुष्टिको परिणाम बताउँदै आएको छ। बुधवार मुख्यमन्त्री ममता ब्यनर्जीले भने सै तर्कलाई समर्थन गर्दै भनिन्, जुन क्षेत्रमा यो हमला भएको छ, त्यहाँ जनता भाजपाका नेताहरूसित असन्तुष्ट भएका थिए, किनभने चुनाउ जितेर गएपछि उनीहरू कहिल्यै पनि आफ्नो क्षेत्रमा फर्केर आएका छैनन्।

यता विधायक शंकर घोषले बिहीवार बिहान भने, उनीहरू फेरि राहत सामग्री लिएर त्यै स्थानमा जानेछन् जहाँ उनीहरूमाथि हमला भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande