एगरामा काली पूजापूर्व पुलिसलाई ठूलो सफलता, भारी मात्रामा अवैध पटाका जफत
एगरामा काली पूजापूर्व पुलिसलाई ठूलो सफलता, भारी मात्रामा अवैध पटाका जफत


पूर्व मेदिनीपुर, 9 अक्टोबर (हि.स.)। काली पूजापूर्व एगरा थाना पुलिसलाई ठूलो सफलता हात लागेको छ। गए बुधवार राती ओडिशाबाट ल्याइरहेको प्रचुर मात्रामा अवैध पटाकाहरूको खेपलाई पुलिसले जफत गऱ्यो। पुलिस सूत्रानुसार गुप्त सूचनाको आधारमा एगरा- दुई नम्बर ब्लकको बेताई क्षेत्रमा छापा मारियो। यस अवधि एउटा इञ्जिन भ्यानबाट लगभग चार लाख रुपियाँको अवैध पटाका जफत गरियो।

एगरा थाना प्रभारी अरुण कुमार खाँको नेतृत्वमा संचालित छापामारी अभियानमा थानाका अधिकारी बुद्धदेव मान्ना र समीरन दे सहित पुलिस बलका अन्य कर्मीहरू पनि सामेल थिए। पुलिसले इञ्जिन भ्यानलाई जफत गरी दुईजना अवैध पटाका व्यवसायीहरूलाई पक्राउ गऱ्यो। दुवै आरोपीको घर एगरा-दुई नम्बर ब्लकको उत्तर ताजपुर क्षेत्रमा रहेको बताइएको छ।

एगरा थाना प्रभारी अरुण कुमार खाँले बताए, पक्रा पर्ने दुवै आरोपीलाई बिहीवार कान्थी महकुमा अद्लातमा पेश गरिनेछ। उल्लेख्य, खादिकुल विस्फोटकाण्डदेखि एगरा थाना पुलिसले अवैध पटाकाविरूद्ध निरन्तर अभियान संचालन गर्दै आइरहेको छ र यसमा लगातार सफलता पनि प्राप्त भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande