राजस्थानमा केवल लुट र झुटको सरकार चलिरहेको छः गहलोत
राजस्थानमा केवल लुट र झुटको सरकार चलिरहेको छः गहलोत


जयपुर, 9 अक्टोबर (हि.स.)। पूर्व मुख्‍यमन्त्री अशोक गहलोतले राज्‍य सरकारमाथि भ्रष्टाचारको कारणले जल जीवन मिशन भएको आरोप लगाउँदै दाबी गरे, राजस्थानमा केवल लुट र झुटको सरकार चलिरहेको छ।

गहलोतले जल जीवन मिशन अन्तर्गत जल कनेक्शनहरूमा आइरहेको ह्रासलाई लिएर सरकारको नियतमाथि प्रश्न उठाउँदै भने, भाजपा सरकारले वर्ष 2024-25 को बजेटमा 25 लाख जल कनेक्शन जल मिशन अन्तर्गत दिने घोषणा गरेको भए पनि 9 लाख 44 हजार कनेक्शन मात्र दिन सक्यो जुन कंग्रेस सरकारद्वारा वर्ष 2022-23 मा दिइएको 13 लाख 88 हजार अनि वर्ष 2023-24 मा दिइएको 12 लाख 17 हजारभन्दा पनि कम थियो।

सोशल मीडिया प्‍लेटफर्म एक्‍सको पोस्टमा बिहीवार उनले लेखे, राजस्थानमा केवल लुट र झुटको सरकार चलिरहेको छ। बजेट वर्ष 2025-26 मा 20 लाख नल कनेक्शन दिने घोषणा गरियो, तर आज यस बजेट वर्षको 6 महिना बितिसक्दा पनि मात्र 97 हजार कनेक्शन जारी गरिएको छ। यस औसत अनुसार यस बजेट वर्षमा मात्र 2 लाख कनेक्शन जारी हुनेछ। यसले भाजपााको झुटलाई उजागार गर्दछ।

पूर्व मुख्‍यमन्त्रीले आरोप लगाए, अब यो कुरा पनि प्रकाशमा आइरहेको छ कि यस योजनालाई लागू गरिरहेको पीएचईडी विभागका 6 जना एडिशनल चीफ इञ्जीनियर र 17 जना एक्सईएनलाई केवल यसकारणले लामो समयदेखिको एपीओ गरिएको छ जबकि आफ्ना निकटवर्ती अधिकारीहरूलाई जबल चार्ज दिइएको छ। यसको कारण के हो? के भ्रष्टाचारको यस नियतको कारणले नै भाजपा सरकारमा जल जीवन मिशन फेल भइरहेको छ त ?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande