डिजीटल इण्डियाको नयाँ अध्याय लेखिरहेका छन् महिलाहरूलेः रेखा गुप्ता
डिजीटल इण्डियाको नयाँ अध्याय लेखिरहेका छन् महिलाहरूलेः रेखा गुप्ता


नयाँ दिल्ली, 9 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, प्रधामन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा आज नारी शक्तिले तकनिक एवं नवाचारको हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ। उनले भने, चिप डिजाइनदेखि लिएर कोडिंग, स्टार्टअप्सदेखि लिएर साइबर सुरक्षासम्म भारतीय महिलाहरूले “डिजीटल इण्डिया”- को नयाँ अध्याय लेखिरहेका छन्।मुख्यमन्त्रीले बिहीवार यशोभूमिमा आयोजित इण्डिया मोबाइल कांग्रेसको नवौं संस्करणको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, प्रधानमन्त्री मोदीले 'बोकल फर लोकल' भन्दा यसको अर्थ हुन्छ, स्वदेशी रक्षा, स्वास्थ्य, सेवा, शिक्षा सहित हरेक सानो-ठूलो क्षेत्र। उनले भनिन्, भारतका 140 करोड़ मानिसहरू देशको लागि एउटा सम्पत्ति हो। यिनीहरूको माध्यमबाट हरेक क्षेत्रमा प्रगति गरेर भारतले दुनियाँमा विश्वगुगरूको रूपमा आफ्नो पहिचान बनाउनेछ।

मुख्यमन्त्रीले भनिन्, इण्डिया मोबाइल कांंग्रेसको आयोजन भारतीय डिजीटल क्रा्ति, नवाचार एवं आत्मनिर्भरताको अद्भुत संगमको प्रतीक हो। इण्डिया मोबाइल कांग्रेस यस परिवर्तनको जीवन्त झलक हो जहाँ स्टार्टअप्स, युवा उद्यमी र मोबाइल सेक्टरलाई अभूतपूर्व मञ्च प्राप्त भएको छ। उनले आयोजकहरूलाई बधाई दिँदै भनिन्,भारत आज तकनिकको क्षेत्रमा जुन गतिले अगाड़ि बढ़िरहेको छ त्यो ‘विकसित भारत- 2047’ को दिशामा एक सशक्त कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande