दार्जिलिङ, 08 अक्टोबर (हि. स.)। पैह्रोको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको प्रसिद्ध सन्दकफु ट्र्याकिङ मार्गलाई पर्यटकहरूको लागि फेरि खोलिएको छ। प्रशासनले बिहीवा मौसममा सुधार आउनसाथ यस निर्णयको घोषणा गऱ्यो जसबाट पर्यटन उद्योगमा फेरि उत्साह फर्किएको छ।
प्रशासनले गत आइतवार अविरल वर्षा अनि सम्भावित पैह्रोको आशंकालाई ध्यानमा राख्दै सन्दकफु ट्र्याकिङ रूटलाई अस्थायी रूपमा बन्द गरिदिएको थियो। त्यसपछि ठूलो संख्यामा ट्र्याकर्सले आफ्नो बुकिंग रद्द गरेका थिए साथै वैकल्पिक रूपमा सिक्किम तर्फ गएका थिए। यसबाट दार्जिलिङ क्षेत्रका टूर अपरेटर, होमस्टे मालिक औ ल्याण्ड रोवर चालकहरूमा गहिरो असन्तुष्टि फैलिएको थियो।
सुकियापोखरीका बीडीओ आरोग्य गोवाले बताए, अब मौसम पूर्ण रूपले सफा भएको छ, त्यसैले पर्यटकहरूको सुविधाको लागिग आजदेखि सन्दकफु मार्गलाई पुनः खोलिएको छ।
सिंगालिला ल्याण्ड रोवर एसोसिएशन अनुसार ट्र्याकिङ बन्द भएपछि गत 5 अक्टोबरमा मात्र 31 वटा वाहनका ट्र्याकर्सले बुकिङ रद्द गरेर फर्किएका थिए जबकि 7 अक्टोबरमा 20 वटा वाहनको बुकिंग रद्द गरिएको थियो जसबाट स्थानीय चालक तथा होमस्टे मालिकहरूलाई ठूलो आर्थिक नोक्सान खेप्नु पऱ्यो।
एसोसिएशनका अध्यक्ष चन्दन प्रधानले बताए, अविरल वर्षाको कारणले धेरै ठाउँमा सड़क क्षतिग्रस्त भएको थियो। सार्वजनिक निर्माण विभागद्वारा तत्काल कारबाही गरिएन, त्यसैले हामी आफैले मरम्मत कार्य गऱ्यौं। अब मार्ग सुरक्षित र पूर्ण रूपले खुल्ला छ।
सन्दकफु जसलाई ‘ट्रेकर्सको स्वर्ग’ कहलाइन्छ, पश्चिम बंगालको सबैभन्दा लोकप्रिय ट्र्याकिङ स्थलहरूमध्ये एक हो। ट्र्याकिङ मार्ग पुनः खोलिएको घोषणाले स्थानीय पर्यटन व्यवसायीहरूले आगामी दिनमा राम्रो सीजन लाग्ने आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा