वर्षौंपछि प्राथमिक विद्यालयका विद्यार्थीहरूसित भेट हुँदा भावुक भए शिक्षक
वर्षौंपछि प्राथमिक विद्यालयका विद्यार्थीहरूसित भेट हुँदा भावुक भए शिक्षक


गुवाहाटी, 9 अक्टोबर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्रमा सन् 1973 -मा स्थापित आदर्श राष्ट्रभाषा हिन्दी प्राथमिक विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यालयमा एक कार्यक्रमको आयोजन गरेर सबै शिक्षकहरूसित भेट गरी यस क्षणलाई अविस्मरणीय बनाए। यस अवधि 1990 सालदेखि 1993 सालसम्मका विद्यार्थीहरूलाई पढ़ाउने सेवानिवृत्त शिक्षक रमेश पाण्डेय र मजिद बेगमलाई पूर्व विद्यार्थीहरूले 32 वर्षपछि फूलाम गमछा ओढ़ाएर उनीहरूलाई अभिनन्दन गरे। स्कूलकी वर्तमान प्रधान शिक्षिका कुसुम देवी र शिक्षिका मोनिका देवनाथलाई पनि फूलाम गमछा ओढ़ाएर सम्मानित गरियो।

सबै विद्यार्थीहरूले सन् 1994- 96 सम्म पढ़ाउने विद्यालय आदर्श राष्ट्रभाषा एमई स्कूलका शिक्षक देवी चरण शर्मा, भक्त गौतम र गोकर्ण मिश्रालाई 29 वर्षपछि सम्मानित गरे। साथै वर्तमान शिक्षिक सुष्मिता थापा र हरी खनाललाई पनि सम्मानित गरियो। सन् 1997- 1999 सम्मका पूर्व विद्यार्थीहरूले आफूहरूलाई पढ़ाउने अमेरीगोग हिन्दी हाई स्कूलका पूर्व शिक्षक जगत भूजेललाई 26 वर्षपछि भेटेर सम्मानित गरे।

यस कार्यक्रममा आदर्श राष्ट्रभाषा एमई स्कूलका म्यानेजरिंग कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयलाई पनि पूर्व विद्यार्थीहरूले सम्मानित गरे। यस कार्यक्रममा शिक्षकहरू बाहेक पूर्व विद्यार्थी मन बहादुर कार्की, केशब शर्मा, अर्जुन भूजेल, विष्णु ढकाल, मोहन चपागाई, असरार अन्सारी, कुसुम गिरी, बेल कुमारी, रेखा पनि उपस्थित थिए। सबै शिक्षकहरूले आफ्ना पूर्व विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरे। यस अवसरमा बुनियादी शिक्षा दिने आदर्श राष्ट्र भाषाका संस्थापक प्रधान शिक्षक स्वर्गीय दिनेश उपाध्यायलाई पनि सबै विद्यार्थी अनि शिक्षकहरूले स्मरण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande