हेरोइन एवं चोरीको वस्तुसितै चोर पक्राउ
हेरोइन एवं चोरीको वस्तुसितै चोर पक्राउ


गुवाहाटी, 9 अक्टोबर (हि.स.)। गुवाहाटीको चाँदमारी पुलिसले अभियान संचालन गरी एकजना चतुर चोरलाई लाखौं रुपियाँको चोरीको सामानसितै पक्राउ गरेको छ।

असम पुलिस मुख्यालयद्वारा बिहीवार जारी एक बयान अनुसार चाँदमारी पुलिसले गुप्त जानकारीको आधारमा अभियान चलाएर मिन्टु रहमान (31) नामक चतुर चोरलाई पक्राउ गरेको छ। पुलिसले रहमानलाई गुवाहाटीको चाँदवारी थाना अन्तर्गत गणेश नगर, ज्योति नगरस्थित भाड़ाको घर नम्बर-46बाट पक्राउ गरेको हो।

आरोपीको कब्जाबाट पुलिसले प्रतिबन्धित पदार्थ, अन्य सामान, गहना एवं नगद जफत गऱ्यो। जफत गरिएका सामग्रीहरूमा दुई वटा साबुनदानीभित्र प्लास्टिकका प्याकेटहरूमा लुकाएर राखिएको 126.2 ग्राम हेरोइन र कालो पलिथीनमा लुकाएर राखिएको 77 वटा प्लास्टिकको शीशि, 677 वटा खाली शीशि, 6 वटा मोबाइल ह्याण्डसेट, 89.8 ग्राम सुनको आभूषण, 36.23 ग्राम चाँदीको आभूषण, नगद राशि 13,82,300 रुपियाँ एवं 4 वटा आभूषणको बिल सामेल छन्। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी आरोपीसित अग्रिम जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande