इम्फाल, 9 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न क्षेत्रहरूमा अभियान संचालन गरी दुईजना उग्रवादीहरूलाई पक्राउ गर्नको साथै प्रतिबन्धित मादक पदार्थसितै एकजना तस्करलाई पक्राआउ गरेको छ। अर्कोतिर राज्यमा वाहनहरूको गहन जाँच अभियान भइरहेको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा बिहीवार जारी एक बयानमा बताइएको छ, बितेको 24 घण्टाभित्रमा सुरक्षा बलहरूले आरपीएफ/पीएलएका एकजना सक्रिय क्याडरलाई पक्राउ गरे जो बलजफ्ती असुली एवं अपहरण सहित आपराधिक गतिविधिहरूमा सामेल थिए। क्याडरको पहिचान मायांगलम्बम मिलन सिंह (39) उपनाम लाल्हाबा, निवासी अरप्ति मयाई लेइकाईको रूपमा भएको छ। उबाट एउटा मोबाइल फोन जफत गरिएको छ।
पुलिसले बतायो, गत मंगलवार पनि सुरक्षा बलहरूले पटसोई थानान्तर्गत न्गाइरांगबाम ताओखोंग क्षेत्रबाट यूएनएलएफ(के)- का वरिष्ठ स्वयम्भू मेजर नामीराकपम कोंडम मैतेई उपनाम लालहेइबा उपनाम लम्बू (45)-लाई पक्राउ गरे। आरोपी न्गाइरांगबाम अवांग ममांग लेइकाई, खुम्बोंग माखा लेइकाई, इम्फाल पश्चिम जिल्लाका निवासी रहेको बताइएको छ। उबाट पुलिसले एउटा मोबाइल फोन र ड्राइभिंग लाइसेन्स जफत गरेको छ।
सोही दिन सुरक्षा बलहरूले चुराचाँदपुर जिल्लाको बेहियांग थाना अन्तर्गत बुआलकोट गाउँ नजिक एक जंगलबाट सीमा पारिबाट मादक पदार्थ तस्करी गर्ने ज़मखमपाऊ (67)-लाई पक्राउ गऱे। आरोपी चुराचाँदपुर जिल्लाको बुआलकोट गाउँको रहेको बताइएको छ। आरोपीबाट लगभग 1.2 भएको 100 वटा प्लास्टिकको साबुनदानीमा भरिएको हेरोइन पाउडरलाई जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा