आईआईटी खड़गपुरमा विवेक वाधवाको उपस्थिति, स्वास्थ्य तकनिकमा नयाँ युगको सम्भावना
आईआईटी खड़गपुरमा विवेक वाधवाको उपस्थिति, स्वास्थ्य तकनिकमा नयाँ युगको सम्भावना


खड़गपुर, 9 अक्टोबर (हि.स.)। आईआईटी खड़गपुरमा एक प्रेरक लीडरशिप टकको आयोजन गरियो। यस आयोजनमा चर्चित शिक्षाविद, उद्यमी औ लेखक विवेक वाधवाले “साइन्स फिक्शनदेखि वास्तविकतासम्म: कसरी एक्सपोनेंशियल टेक्नोलजीजले नयाँ पिँढ़ीका नवप्रवर्तकहरूलाई सशक्त बनाउँछ” विषयमा आफ्नो विचार साझा गरे।

गए बुधवार आयोजित सो कार्यक्रममा शिक्षाविद् वाधवाले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, जैव प्रौद्योगिकी एवं कम्प्यूटिंग जस्ता अत्याधुनिक तकनिकहरूको द्रूत विकास तथा यसको समाज अनि उद्योगमा प्रभावमाथि प्रकाश पारे। उनले भने, तकनिकी प्रगति अब गुणात्मक रूपा तीव्र भइरहेको छ जसबाट हिजोको विज्ञान आजको वास्तविकता भइरहेको छ।

बिहीवार संस्थानद्वारा जारी जारी बयानमा बताइएको छ, शिक्षाविद् विवेक वाधवाले भारतीय नवप्रवर्तक औ संस्थानहरूको क्षमतामाथि बल दिँदै भने, उनीहरूले यस प्रगतिको लहरमा सवारी गर्न सक्नेछन् तथा यसलाई आकार दिएर नेतृत्व गर्न सक्नेछन्। उनले जिम्मेवार, समान एवं मानवीय दृष्टिकोणको साथमा नवाचार गर्ने आवश्यकतामाथि पनि बल दिए।

कार्यक्रममा यो पनि बताइयो, भारत पारम्परिक मार्गलाई छोड़ेर नयाँ तकनिकीको मार्गमा द्रूत गतिमा बढ़्ने अनौठो स्थितिमा छ जसबाट वैश्विक चुनौतीहरूको समाधान गर्न सकिन्छ अनि नयाँ पिंढ़ीका नवप्रवर्तकहरूलाई सशक्त बनाउन सकिन्छ।

यस सत्रमा विभागीय सदस्य, छात्र एवं नवप्रवर्तकहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो जसले विश्वका सबैभन्दा प्रभावशाली तकनिकी विचारकहरूमध्ये एकबाट प्रेरणा लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande