
कोलकाता, 10 नोभेम्बर (हि.स.)। स्कूल सर्भिस कमिशन (एसएससी) भर्ती घोटालाको जाँचमा प्रवर्तन निदेशालय (ईडी)-ले खुलासा गरेको छ, यस मामिलामा पक्राउ तृणमूल कंग्रेस (टीएमसी) विधायक जीवन कृष्ण साहा र उनका सहयोगीहरूले अयोग्य उम्मेद्वारहरूबाट मात्र नभएर योग्य उम्मेद्वारहरूबाट पनि नोकरी दिलाउने नाममा ठूलो धनराशि असुल गरेका थिए।
केन्द्रिय एजेन्सीका एकजना वरिष्ठ अधिकारीले सोमवार बिहान बताए, सरकारी स्कूलहरूमा शिक्षकको नोकरी दिलाउने नाममा केही उम्मेद्वारहरूबाट ठूलो धनराशि लिइयो। ईडीको भनाइ छ, साहाको अगुवाईमा गठित एक संगठित गिरोहले पैसामा नोकरी बेच्यो। साहा यस सम्पूर्ण नेटवर्कका मुख्य योजनाकार थिए।
ईडी सूत्रले बतायो, योग्य उम्मेद्वारहरूमाझ पनि भय र प्रलोभन दुवैलाई प्रयोग गरियो। कतिपयलाई भनियो, नोकरी पाउनको लागि उनीहरूलाई पसा दिनुपर्छ, जसले अस्वीकार गर्थ्यो उनीहरूलाई नियुक्ति पत्र नै रद्द गरिदिने धम्की दिइन्थ्यो। आरोप छ, केही मामिलाहरूमा दश लाख रुपियाँदेखि सोह्र लाख पचास हजार रुपियाँसम्म मागियो।
सूत्र मुताविक केही उम्मेद्वारहरूले ईडीलाई दिएको बयानमा साहा र उसका सहयोगीहरूलई धनराशि दिएको ब्यौरा साझा गरेका छन्। कतिपयले यो समेत भनेका छन्, उनीहरूलाई पैसा दिन अस्वीकार गर्दा उनीहरूको भर्तीमा ढिल्याई गरियो वा नियुक्ति रद्द गरियो।
जानकारी अनुसार साहाको निर्देशमा यो लेनदेनको नेटवर्क जिल्ला एवं राज्य स्तरमा फैलिएको थियो। ईडीले अब यस नेटवर्कको माध्यमबाट भेको धन आदान-प्रदानको जाँच गरिरहेको छ। साथै मोबाइल सन्देश र ब्यांक लेनदेनसित सम्बन्धित दस्तावेजहरूलाई प्रमाणको रूपमा संकलन गरिरहेको छ।
हालैमा मनी लण्ड्रिंग निवारण अधिनियम (पीएमएलए)- को विशेष अदालतले तृणमूल विधायक जीवन कृष्ण साहाको जमानत याचिकालाई खारेज गर्दै उनलाई 18 नोभेम्बरसम्म न्यायिक हिरासतमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा