एसआईार अभियानको रेकर्ड गतिः पश्चिम बंगालमा अहिलेसम्ममा 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम वितरित
एसआईआर


कोलकाता, 10 नोभेम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानले गए आइतवार रातिसम्ममा नयाँ कीर्तिमान कायम गरेको छ। राज्यको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयद्वारा जारी ताज़ा आँकड़ा अनुसार आइतवार राति 8:00 बजेसम्ममा राज्यभरि नै 5.15 करोड़भन्दा अधिक एन्युमरेशन फारम घर-घरमा वितरण गरिसकिएको छ।

यो आँकड़ा गत शनिवार रातीसम्ममा 4.17 करोड़ थियो भने एक दिनमा 98 लाख वितरण गरिएको छ जुन अभियानको गति र बूथ स्तर अधिकारी (बीएलओ)-हरूको सक्रिय प्रयासको स्पष्ट संकेत हो।

राज्यका सबै 294 विधानसभा क्षेत्रहरूमा तैनाथ लगभग 80 हजार 681 बीएलओ मतदाताहरूले घर-घरमा पुगेर दुई प्रति फारम वितरण गरिरहेका छन् जसमध्ये एक प्रति मतदातासित सुरक्षित राखिन्छ भने दोस्रो निर्वाचन अभिलेखको निम्ति जमा गरिन्छ।

मुख्य निर्वाचन अधिकारी कार्यालयले बतायो, बितेको 24 घण्टामा वितरणको गतिमा उल्लेखनीय वृद्धि दर्ता गरिएको छ। लगातार पाँचौ दिन अभियानले अपेक्षाभन्दा अधिक प्रगति गरेको छ। आयोगले यसलाई बीएलओ नेटवर्कको सक्रियता, प्रशासनिक समन्वय तथा मतदाताहरूको सहयोगको परिणाम बताएको छ।

अधिकारीहरूको भनाइ छ, वर्ष 2002 पश्चात पहिलो पटक पश्चिम बंगालमा यस स्तरमा मतदाता सूचीको व्यापक पुनरीक्षण गरिँदैछ। लगभग 23 वर्षपछि भइरहेको यस गहन अभियानमा प्रत्येक विवरणको जाँच अनि सत्यापनसितै मतदाता सूचीलाई पूर्ण रूपले अद्यतन वा त्रुटि-मुक्त बनाउने प्रयास भइरहेको छ।

तथापि कतिपय जिल्लाहरूबाट बीएलओ र राजनीतिक कार्यकर्ताहरूमाथि हमलाको छुटपुट घटना पनि सामु आएको छ। आयोगले यी घटनाहरूलाई लिएर कड़ाईपूर्वक सम्बन्धित जिल्ला प्रशासनसित रिपोर्ट मागेको छ अनि स्पष्ट पारेको छ, कुनै पनि प्रकारको हिंसा वा बाधालाई सहन गरिनेछैन।

सूत्र मुताविक अभियानको पहिलो चरणमा लक्ष्यलाई समयमै हासिल गर्नको लागि अतिरिक्त पर्यवेक्षकहरूलाई तैनाथ गरिँदैछ। एसआईआर अभियान आगामी 9 दिसम्बरसम्म हुनेछ जसपश्चात सत्यापन प्रक्रियालाई पूरा गरेर अन्तिम मतदाता सूची जनवरी, 2026-मा प्रकाशित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande