
पटना, 10 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको दोस्रो चरणको मतदानपूर्व नेता प्रतिपक्ष तेजस्वी यादवले गम्भीर आरोप लगाएका छन्। एक भीडियो सन्देश जारी गरी उनले भनेका छन्, प्रथम चरण पश्चात एनडीए खेमामा भारी अन्यौलता छाएको छ।
उनले भने, हारको डरले गृहमन्त्रीले अधिकारीहरूसित मिलेर एवं फोनमा धम्की दिरहेका छन्। आफू बसेको होटलको सीसीटीभी क्यामरालाई बन्द गराएर अबेर राती अधिकारीहरूलाई बोलाउँछन्।
साथै हाल मुख्यमन्त्री आवासबाट मुख्यमन्त्रीको जानकारी बिनै ईडीकोचँगुलमाफसेको भूंजा पार्टीको मित्र मण्डलीको महाभ्रष्ट अधिकारीले फोन गरेर अधिकारीहरूलाई महागठबन्धनका कार्यकर्ताहरूलाी पुलिसद्वारा भोटिंगको दिनसम्म डिटेन गर्ने, महागठबन्धन समर्थित मजबुत बूथहरूलाई
उनले भने, परिवर्तन निश्चित छ, त्यसैले अधिकारीहरूले फोन गर्नेहरूको स्क्रीनशट समेत हामीलाई पठाइरहेका छन्। बिहार सरकारका इमानदार अधिकारीहरूले रिटार्ड अधिकारीहरूको चापमा नपरी संविधनसम्मत आफ्नो कर्तव्य निर्वहन गरिरहेका छन्।
उनले भने, दुई गुजरातीले जसरी हुन्छ बिहारमाथि कब्जा गर्न चाहन्छन्। बिहारका जनता संविधान विरोधी कार्य गर्ने गैरजिम्मेवार तथा इमान बिनाका सत्ताधारी नेताहरूलाई कड़ा पाठ सिकाउनको लागि एउटा खुट्टामा उभिएका छन्। गणतन्त्रको जननी बिहारमा यिनीहरूको भोट चोरी कुनै पनि स्थितिमा चल्ने छैन। जनता हरेक प्रकारले यिनीहरूको भोट चोरी र लोकतन्त्रको डकेतीलाई रोक्न तयार छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा