विधानसभा अध्यक्षको अगुवाईमा राज्य प्रतिनिधिमण्डल नागाल्याण्डमा
विधानसभा अध्यक्षको अगुवाईमा राज्य प्रतिनिधिमण्डल नागाल्याण्डमा


राष्ट्रमण्डल संसदीय संघ, भारत क्षेत्र III को 22औं वार्षिक सम्मेलनमा भाग लिने

गान्तोक, 10 नोभेम्बर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पाको अगुवाईमा राज्य प्रतिनिधिमण्डल आइतवार नागाल्याण्ड पुगेको छ। राज्य प्रतिनिधिमण्डलले नागाल्याण्डको राजधानी कोहिमामा आज सोमवारदेखि शुरू भइरहेको राष्ट्रमण्डल संसदीय संघ, भारत क्षेत्र III को 22औं वार्षिक सम्मेलनमा भाग लिनेछ।

सिक्किम विधानसभा सचिवालयले आज एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएको छ। राज्य प्रतिनिधिमण्डलमा विधानसभा अध्यक्ष शेर्पाको साथमा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, विधायकद्वय कला राई र पामिन लेप्चा र विधानसभाका वरिष्ठ अधिकारीहरू सामेल छन्।

राज्य प्रतिनिधिमण्डलले हिजो कोहिमास्थित नागाल्याण्ड विधानसभा सचिवालयमा आयोजित सीपीए भारत क्षेत्र जोन III र उत्तर पूर्व क्षेत्रीय संसदीय अध्ययन, प्रशिक्षण और अनुसंधान संस्थानको संयुक्त बैठकमा भाग लिएको थियो। बैठकपछि, नागाल्याण्डका राज्यपाल अजयकुमार भल्लाद्वारा आयोजित रात्रिभोजमा सहभागी बनेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande