
सिलगढ़ी, 13 नोभेम्बर (हि.स)। शहरको एयरभ्यु क्षेत्रमा बिहीवार बिहान एउटा बसले स्कूल भ्यानलाई ठक्कर दियो। ठक्कर भयानक थियो जसले गर्दा भ्यान सड़कमा पल्टियो। यस घटनामा चारजना नानीहरू सहित भ्यान चालक घाइते भए। घटनापछि घटनास्थलमा मानिसहरूको भीड़ थुप्रियो। बटुवा अनि स्थानीय मानिसहरूले तुरून्तै घाइतेहरूलाई भ्यानदेखि बाहिर निकालेर सिलगढ़ीको एक निजी अस्पतालमा पुऱ्याए। घाइतेहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइँदैछ।
अर्कोतिर घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलियो। आक्रोशित मानिसहरूले चालकविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्। बढ़्दो तनाउलाई मध्यनजर गर्दै घटनास्थलमा पुगेको जंक्शन ट्राफिक पुलिसले बसलाई कब्जामा लिएर प्रधान नगर थानामा सुम्पिदियो। घाइते विद्यार्थी नानीहरूका अभिभावकहरूले थानामा लिखित सिकायत दर्ता गराएका छन्। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा