स्वच्छ जलबाट परिवर्तित जिन्दगीः मुख्यमन्त्री सरमाले धेमाजीमा जल जीवन मिशनको सफलताको सराहना गरे
स्वच्छ जलबाट परिवर्तित जिन्दगीः मुख्यमन्त्री सरमाले धेमाजीमा जल जीवन मिशनको सफलताको सराहना गरे


गुवाहाटी, 13 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार धेमाजी जिल्लामा जल जीवन मिशनको सफलाताको सराहना गर्दै भने, शुद्ध पिउने पानीको पहुँचले ग्रामीण परिवारहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ।

मुख्यमन्त्रीले भने, धेमाजीको यो सकारात्मक कथा यस कुराको प्रमाण हो कि हरेक घरमा बिहान पुगेर स्वच्छ जलले कसरी शान्ति अनि प्रगतिको सन्देश दिनसक्छ।

डा. सरमाले ‘जलदूत’-हरूको समर्पित प्रयास एवं जल जीवन मिशनको प्रभावकारी क्रियान्वयनको प्रशंसा गर्दै थपे, आज शुद्ध पिउने पानी हरेक परिवारको लागि प्रगति अनि श्रेष्ठ जीवन स्तरको प्रतीक बनिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande