
इम्फाल, 13 नोभेम्बर (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले गए बुधवार एक संयुक्त अभियानको क्रममा प्रतिबन्धित उग्रवादी संगठन पीपुल्स रिभोल्यूशनरी पार्टी अफ कांग्लेपाक (प्रोग्रेसिव) — प्रीपाक (प्रो) — का एकजना क्याडरलाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले आज बताए, पक्रा पर्ने व्यक्तिको पहिचान लैबा मैतेई (40)-को रूपमा भएको छ जो लमडेंग खुन्नौका निवासी हुन् जुन लामशांग थाना क्षेत्र अन्तर्गत पर्दछ। गुप्तचर जानकारीको आधारमा सुरक्षा बलहरूले उसको घरमा छापा मारेर कुनै प्रकारको गतिरोध बिनै उसलाई हिरासतमा लिए।
आधिकारिक सूत्र अनुसार आरोपी लामो समयदेखिकै धन आर्जन जस्ता गतिविधिहरूमा सामेल थिए भने इम्फाल क्षेत्रका स्कूल, कलेज, व्यापारिक प्रतिष्ठान एवं सरकारी कर्मचारीहरूलाई लक्षित गरेर भय अनि असुरक्षाको परिवेश उत्पन्न गर्दै आइरहेका थिए। कारबाहीमा एउटा मोबाइल फोन पनि जफत गरिएको छ जसमा संगठनको नेटवर्क र संचालनसित सम्बन्धित महत्वपूर्ण जानकारी हुने सम्भावनाव्यक्त गरिएको छ। सुरक्षा एजेन्सीहरूले फोनको जाँच गरिरहेका छन् ताकि संगठनका अन्य सदस्य अनि फण्डिंग च्यानलहरूको बारेमा पत्तो लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा