सुन व्यापारी हत्याकाण्डमा तृणमूल नेता पक्राउ
सुन व्यापारी हत्याकाण्डमा तृणमूल नेता पक्राउ


जलपाइगढ़ी, 13 नोभेम्बर (हि.स.)। विधाननगर कमिश्नरेट पुलिसले न्यूटाउनका एकजना स्वर्ण व्यापारीको हत्या भएको मामिलामा थप अर्को आरोपीलाई पनि पक्राउ गरेको छ। विधाननगर थाना पुलिसले गए बुधवार राति सिलगढ़ीमा छापा मारेर आरोपीलाई पक्राउ गरेको हो।

पक्रा पर्ने तृणमूल नेताको नाम सजल सरकार हो। कुचबिहार जिल्लाको खगराबाड़ी निवासी सजल कुचबिहार दुई नम्बर ब्लक तृणमूल कंग्रेसका ब्लक अध्यक्ष हुन्।

पुलिस सूत्र अनुसार, आरोपीलाई सिलगढ़ी पुलिस कमिश्नरेट अऩ्तर्गत प्रधाननगर थानाको मिलनमोड़बाट पक्राउ गरिएको हो।

भनिन्छ, आरोपीलाई पक्राउ गरिएपछि सड़क मार्ग भएर कोलकाता लगियो जसलाई बिहीवार अदालतमा पेश गरिनेछ। पुलिसले दाबी गरेको छ, आरोपी स्वर्ण व्यापारीको हत्यामा सामेल छ। यसबीच सजल सरकारको परिवारसित सम्पर्क गरियो, तर कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।

सिलगढ़ी पुलिस कमिश्नरेटको डीसीपी ऱ्यांकका एकजना अधिकारीले आफ्नो नाम नबताउने शर्तमा भने, विधाननगर पुलिस कमिश्नरेटबाट सूचना दिइएको थियो। हामीलाई एउटा टीम बनाएर अपरेशनमा सहयोग गर्न भनिएको थियो। त्यसपछि प्रधान नगर थानाको पुलिसले विधान नगर पुलिसको सहयोगमा आरोपीलाई मिलनमोड़बाट पक्राउ गरियो।

उल्लेखनीय छ, गत 28 अक्टोबरमा विधाननगर पुलिस कमिश्नरेट क्षेत्रको न्यू टाउनबाट स्वपन कामिला नामक एकजना सुन व्यापारीको शव भेटिएको थियो। दुई दिनपछि तिनका सालो देवाशीष कामिलाले विधाननगर दक्षिण थानामा अपहरण र हत्याको सिकायत दर्ता गराएका थिए। मुख्य आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मन हुन्। पुलिसले जाँचको क्रममा दुईजना आरोपीहरूलाई पहिला नै पक्राउ गरेको छ जसमा राजू ढाली र तूफान थापा सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande