ट्रेनको चपेटमा परी युवकको मृत्यु
ट्रेनको चपेटमा परी युवकको मृत्यु


सिलगढ़ी, 13 नोभेम्बर (हि.स)। सिलगढ़ीको फुलेश्वरी रेलवे फाटकमा ट्रेनको चपेटमा परी एकजना युवकको मृत्यु भयो। मृत युवकको नाम बापी पाल हो। स्थानीय सूत्रानुसार प्रायजसो नै हरेक रात बापी सहित केही युवकहरू रेलवे फाटकमा बसेर नशालु पदार्थ सेवन गर्दथे। गए बुधवार अबेर राती पनि यसरी नै बापी नशालु पदार्थ लिएर रेलवे फाटक तर्फ गइरहेको थियो, अचानक आएको ट्रेनको चपेटमा परेर उसको मृत्यु भयो। घटनापछि स्थानीय तथा स्वयंसेवी संगठनका सदस्यहरू घटनास्थलमा पुगे। पछि शवलाई जफत गरी सिलगढ़ी जिल्ला अस्पतालमा पठाइयो। जीआरपीले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande